Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बालेन नबोल्दा पनि प्रश्नैप्रश्न

०३ बिहिबार , बैशाख २०८३१९ घण्टा अगाडि

बालेन नबोल्दा पनि प्रश्नैप्रश्न

जम्माजम्मी १७ मिनेट बोलेर ‘घण्टीलहर’ नै ल्याएर चुनाव जितेको रास्वपाका बरिष्ठ नेता बालेन साहले अझै सार्वजनिक रूपमा बोलेका छैनन् । भाषण चल्ने देशमा बालेन बोलेनन् । पार्टीका तर्फबाट बोल्नुपर्दा सभापति रवि लामिछानेले बोले । प्रधानमन्त्रीले पहिलो संसद बैठकमा एकशब्द नबोल्दा राजनीतिक बृत्तमात्र होइन, संविधानविददेखि संसदीय प्रणाली बुझ्नेहरूसम्म संसदीय मर्यादा नाघेको तिक्त प्रतिकृया दिन थालेका छन् ।
२०४६ सालदेखि भाषणमात्र सुन्न बानी परेको समाजका विश्लेषकहरू प्रधानमन्त्रीले संसद छलेको भन्छन् । पार्टीको कुरा, कार्यक्रम, सभापतिले बोले, सरकारको कुरा सय दिन काम गरेपछि बालेन बोल्न सक्छन् । चुनावमा बालेनले काम मागे, जनताले काम दिए । प्रधानमन्त्री बनेपछि बालेनको कर्तव्य काम गर्नु हो । बोले जिम्मेवार हुने, नबोले जनतालाई उपेक्षा गरेको ठहर्ने सतही प्रतिकृयाले बालेनलाई छोएको छैन । प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग अहिलेसम्म खरोखालका प्रश्न गरेका छैनन् । प्रश्न उठेका दिन बोल्नुपरे प्रम बालेन साहले बोल्नेछन् । यद्यपि जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने बालेनले देखाउने काम नै हो । काम गर्नसके, जनताका अपेक्षा संवोधन भए रास्वपा र प्रम बालेनको हाइट स्वतः बढ्छ ।
बालेन साहले शासन शैली नै फेरि दिएका छन् । बालुवाटारमा रहेन शक्ति, शक्ति सिंहदरवारमा केन्द्रित गरिदिएका छन् । काम भएका आउनु, अरूलाई आउने, भीडभाड गर्ने आवश्यकता छैन भनिदिएका छन् । कार्यकर्तालाई पार्टी अफिसमा सम्पर्क अधिकारीलाई भेट्न भनिएको छ । प्रम बालेन बिग्रेको बनाउन, खलबलिएको शासन प्रशासन सच्याउन, सुशासन कायम गराउन कम्मर कसेर लागेका छन् । बन्द भएका उद्योगहरू कसरी खोल्न सकिन्छ, चुपचाप अध्ययन टोली पठाइसकेका छन् । गृहले भ्रष्टाचारका फाइलहरू खोल्न थालिसकेको छ । झण्डै ११ सय राजनीतिक नियुक्ती गर्नुछ, त्यसमा भित्रभित्रै काम भइरहेको देखिन्छ । ३७ वर्षदेखिका फोहर बढार्ने काम बालेनको प्राथमिकतामा देखिन्छ । बालेन बोल्लान् र आलोचना गरूँला भनेर बसेकाहरू संसदको पहिलो अधिवेशनमा जिल्लाराम परेका छन् । अब बजेट अधिवेशन सुरू हुनेछ । प्रम बालेनले समानुपातिक र प्रदेश प्रदेशका सांसदको कुरा सुनेका छन्, सुनेका समस्याको समाधान बजेटमा देखिनुपर्छ । प्रम बालेन काममा विश्वास गर्ने व्यक्ति भएकाले प्रशासकहरूलाई समेत आफ्नो गतिमा काम गर्न निर्देशन दिएका छन् । परिणाम आज प्रशासनिक कार्यालयहरूमा सेवाग्राहीलाई झण्झट देखिदैन । जनताप्रति जवाफदेही व्यवस्थामा जनताका आवश्यकता र अपेक्षा परिपूर्ति गर्ने हो । भाषण त ३७ वर्षदेखि जनताले सुन्दै आएका छन् । भाषणले कुनै लछारपाटो लाएन । झण्डै दुई तिहाईको बहुमतको सरकारमा दम्भ देखिएको छैन, देखिनु हुन्न । यो सरकारले संवाद, सहमति र सहकार्यमा जोड दिनुपर्छ, सबै राजनीतिक शक्तिहरूको सम्मान गरेर अघि बढ्नुपर्नेछ । भ्रष्टाचारमा शून्य सहनशील नीति लागू गर्दै गएको अनुभूति हुनथालेको छ ।
संसदीय समितिको सभापति वैशाख ४ मा चुनिने छन् । सभामुख रास्वपाले र उपसभामुखमा श्रम संस्कृति पार्टीकी जेनजी रूवी ठाकुर चुनिएकी छिन् । मन्त्रिपरिषदका सदस्यका सम्पत्ति सार्वजनिक एका छन् । मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति हेर्दा सम्पन्न देखिन्छन् । सम्पत्तिमा सामाजिक सञ्जालका फलोअर्स पनि जोडिएका छन् ।