Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बालेन्द्र सरकार यता पनि हेर

२६ बिहिबार , चैत्र २०८२१८ घण्टा अगाडि

बालेन्द्र सरकार यता पनि हेर

बालेन सरकारले करेक्शन गर्नुपर्ने अति महत्वको विषय हो यो । राज्यढुकुटी, विदेशी सहयोग, लगानी र ऋणमा कमिशनखोरहरूले तर मारिरहेका छन् । त्यसपछि मन्त्रालय, सचिवलाय, सांसद, स्थानीय कार्यकर्ताले डकारेपछि जे बचत हुन्छ, त्योमात्र जनताको हातमुखमा पर्ने गरेको छ । यो भ्रष्टाचारको जालो काट्नु जेनजी सरकारको पहिलो काम हुनुपर्छ । तवमात्र जनतासँग गरेको करार र बाचा पूरा गर्न बालेन सरकारलाई सहज हुनेछ । अन्यथा जनताले पछुताउँदै खप्परमा हात राखेर सुसाउने र जुन जोगी आए पनि कानै चिरिएको भनेर थकथकाउनु पर्नेछ ।