Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कहाँ हराए राजतन्त्र, हिन्दूवादी? : शाश्वत शर्मा

१० सोमबार , आश्विन २०७३९ बर्ष अगाडि

मधेसी मोर्चा र जनजातिलाई संवोधन गर्न संविधान संशोधन प्रस्तावको अन्तिम तैयारी चलिरहेको छ। यद्यपि प्रचण्ड दिल्ली जानु अघि नैयो प्रसङ्ग चलेको हो तर सहमति हुनसकेन। सहमति त अहिले पनि बनेको छैन तर त्यतिबेला सम्भव नभएको संशोधन अव सम्भव बनाउने प्रयास भइरहेको छ। थाहै भएको कुरा हो कि कांग्रेस, माओवादी र मधेसवादीवीच भएको सम्झौताको बुँदा नं १ मा नै संविधान संशोधन गरिने कुरा उल्लेख थियो। भारत र पश्चिमाको साथ पाएको भनिएका मधेसी मोर्चा यत्तिकैमा सन्तुष्ट छैनन्। सरकारले अलमल्यायो भन्दै उपेन्द्र यादव बेलायततिर लागेका छन्। यता राजेन्द्र महतो, कर्णहरु संविधान संशोधन नभए चुनाव हुन दिन्नौं भनिरहेका छन्। मधेसी मोर्चालाई चीनको समेत साथ छ भन्नेहरु पनि छन्। प्रधानमन्त्रीद्वारा नै अन्तर्राष्ट्रियकरण भइसकेको नेपालको संविधान संशोधनबारे बुद्धिजीवीहरु भन्छन्– संविधान संशोधन हुनु र पश्चिमबाट सूर्य उदाउनु एकै हो। 
एमाले ४ विदेशीले भन्दैमा संशोधन हुनसक्दैन भनिरहेका छन्। राप्रपा नेपाल मधेसी मोर्चाको माग संवोधन भइसकेको मत राखिरहेको छ। संविधान जारी गर्ने शक्तिहरुवीच नै मतभिन्नता बढेको छ। जबसम्म ती सब एकजुट हुनेछैनन्, संविधान संशोधन भाषणमा सिमित हुनेछ। असम्भव नै छ। नेपाली राजनीति रोमाञ्चक बन्दै गएको छ। यही मेसोमा राजतन्त्र र हिन्दूवादीहरुले आआफ्ना मागहरु तेर्स्याएर खेललाई अझ रोमाञ्चक बनाइदिउन् भन्ने कामना पनि धेरैले गरिरहेका छन्। राजतन्त्रवादीहरु खुलेर आउन नसकेको स्थिति र हिन्दूवादको आवरणमा अगाडि आउन खोजिरहेको अवस्था तथा राजधानीमा विराट हिन्दू सम्मेलन गर्न आँट गरिरहनुले हिन्दूवादी र राजतन्त्रवादीले ठूलै हंगामा द्वन्द्व गर्नसक्ने आँकलन गरिएको छ। यसका लागि कार्तिक ४ गते लामो पर्खाइ छैन, निकट छ हिन्दूवादीहरुको ढाडको हाड देखिन दिन हेर्नका लागि। कोठे भाषण, साना साना भेला, जुलुस निकालेर पर्चा छरिरहेका राजा, हिन्दूवादीहरुले पहिलो पटक शक्ति प्रदर्शन गर्दैछन्। यो आजमाइसले एउटा गतिलो झट्का दिने र हिन्दूवादका लागि बन्द ढोका खुल्ने अनुमान छ। 
हिन्दूवादी बलियो रुपमा सामुन्ने आउनु भनेको संविधान संशोधनले मधेसी मोर्चा, जनजातिलाई मात्र संवोधन गरेर हुन्न, हिन्दूवादलाई पनि संवोधन गर भन्ने कडा चुनाैती हुनसक्छ। भन्नेहरु त तत्काल हिन्दूराष्ट्र कायम गराउन बाध्य पार्ने आन्दोलनको जरुरी छ भन्दैछन्। उथन संंघीयतामा दलहरु फाट्नु र बाझ्नुले गणतन्त्र र धर्मनिरपेक्षता यति कमजोर भइसकेको छ कि नेपालमा यी दुबै सिद्धान्त लागू हुन असम्भव देखिदैछ। यस्तो सिद्धान्त किन लागू गर्नु? \u000aविराट हिन्दू सम्मेलनले हिन्दूवादीहरुलाई जगाउने, एकीकृत पार्ने निश्चित छ। राजधानीमा जम्मा हुने लाखौंको भीडले सडक, गल्ली, चोकहरुमा आन्दोलनको नयाँपन दिने निश्चित छ। कोठे बैठक गरेर सिमित घेरामा रंगबंगिएका राजा, हिन्दूवादीहरु यसरी बाहिर निस्कन्छन् र त्यतिबेला नेपाली राजनीतिमा ठूलै भूकम्प जानेछ, स्थितिले नयाँ मोड लिनेछ, स्थापित नेताहरु लाखापाखा पर्नेछन्। निरंकूशता फाल्दा राजतन्त्र र हिन्दूराष्ट्र फाल्नेहरुका लागि आफै फालिने स्थिति सिर्जना हुनसक्छ। २०६३ सालमा क्रान्तिपूर्ण आन्दोलतले परिवर्तन ल्यायो, यसपटक हिन्दूहरुको शान्तिपूर्ण आन्दोलनले परिवर्तन ल्याउनेछ।