Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जनादेशलाई कसरी बुझ्ने ?

१० मंगलबार , चैत्र २०८२१७ घण्टा अगाडि

जनादेशलाई कसरी बुझ्ने ?

राजनीतिक प्रभावको मूल्याङ्कन र जनताको इच्छाको मापन जनादेश हो । यसकारण जुन प्रकारको मतादेश सार्वजनिक भएको छ, यो भोटको महत्वपूर्ण भूमिका हुन्छ । जसले देशको अबस्थालाई परिवर्तन् गर्ने आधार तैयार पारेको छ । कुनै राष्ट्रिय हितका लागि राजनीति गरेकाहरूको यति बहुमत हुन्छ भने उनिहरूले सर्वपर्थम सङ्घीयता लगायतका तमाम राजनीतिक मुद्दाहरू किनारा लगाउनुपर्छ ।
पटक–पटक द्वन्द्ध झेलेका जनताहरूले शान्ति सुब्यवस्था चाहान्छन् । पुरानालाई अविश्वास गरेर ४ वर्षे पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले एक मौका दिएका छन् । जनताले अन्य पार्टीहरूले अठ्ठार वर्षसम्म जनता र देशलाई हरिकङ्गाल पारेको आक्रोशमा उर्लिएको जनसैलावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएकाछन् ।
अहिले जनताको मतलाई सरसरर्ती रूपमा मुल्याङ्कन गर्दा कम्युनिष्टको बिरूद्धमा गएको देखिन्छ । यसबारेमा हामीले गहन अध्ययन गर्नुपर्ने हुन्छ । किन जनताको कम्युनिष्टबाट मोहभङ्ग किन भयो ? कुनै समयमा देशभित्र बहुमत कम्युनिष्ट विचारधाराको थियो । तर अहिले त्यो अत्यन्तै कम देखिन्छ ।
निर्वाचनको मूल्याङ्कन गर्दा नेपाली कांग्रेसको मत सङ्ख्यापनि घटेको छ । कम्युनिष्ट र कांग्रेसको मत घट्नुले रास्वपाको बढेको हो । यसको अर्थ आफ्नै पार्टीका मतदाताहरूसमेत रास्वपाप्रति आकर्षित भएको देखिन्छ ।
कम्युनिष्टमात्र होइन, कांग्रेसलाई जनताले रूचाएका छैनन् । सबै भर र भरोस, विश्वास रास्वपातिर मोडिएको छ । यो विश्वासको सम्मान रास्वपाले गर्न सकेनभने स्वतः रस्वपा कमजोर हुनजानेछ । समयक्रममा प्रधानमन्त्री बालेन्द्र साहले गर्ने गल्ती कमजोरी रास्वपाको भविष्यलाई देखाउने छ ।
४ पल्ट प्रधानमन्त्री बनेका केपी ओलीले आफ्नै निर्वाचन क्षेत्रमा झण्डै ५० हजार मतान्तरले चुनाव हार्नु चानचुने घटना होइन । रवि लामिछानेमात्र रास्वपाको सभापतिको रूपमा चुनावमा गएको भए यो प्रकारको नतिजा आउने थिएन । जब रविले बालेन्द्र साहलाई पार्टीमा भित्र्याउने, भावी प्रधानमन्त्रीको उमेदवार भनेर चुनाव प्रचार गरे, तव रास्वपाको जनलहर आँधीतुफान जसरी उर्लियो । फागुन २१ को निर्वाचन परिणाम पनि आँधीजसरी नै आयो ।
पुराना स्थापित पार्टीहरू संविधानमा कमजोरी देखिरहेका थिए । संशोधन गर्नुपर्ने विषयमा बहस गरिरहेका थिए । तर यही संविधानअनुसारको निर्वाचनमा रास्वपाले दुई तिहाइ मत ल्यायो । ५ वर्षे स्थिर शासन दिने जनादेश पायो ।
अचम्म त भयो, तर सबै स्थापित दलहरूले यो चुनावी परिणाम स्वीकार गरेका छन् । आश्चर्य त के पनि देखियो भने यो निर्वाचनमा एकजना पनि उमेदवार अथवा एउटा पनि पार्टीले धाँधली भयो भनेर चिच्याएनन् ।
राप्रपा र मधेशवादी दलहरू खुम्चिए । राप्रपाले बीउ जोगायो, मधेशवादी सोत्तर भएका छन् । क्षेत्र, जातिवादी, भाषाभेषवादीहरूले टाउको उठाउन सकेनन् । जनता राष्ट्रिय एकता, स्थिरता, शान्ति, सुशासन र विकास चाहन्छन् भन्ने जनादेशले प्रष्टै देखायो ।
यो चुनावमा बरू श्रम संस्कृति पार्टीलाई जनताले ३ लाख ८५ हजार ६७९मत दिएर पांचौँ नम्वरमा राष्ट्रिय पार्टी बनाईदिएका छन् । राप्रपा छैटौं नम्वरमा आएको छ । यसरी अहिलेको निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृत पार्टीलाई जनताले रूचाएको अवस्था देखिन्छ । महावीर पुनलाई पनि जनताले सहयोग भरपुर गरेकाछन् । रास्वपाको समर्थनमा महावीर पुनले चुनाव जित्नु राम्रो भयो । नराम्रो त रास्वपा प्रवेश गरेर फर्किने र उज्यालो नेपाल पार्टी खोलेका कूलमान घिसिङले चुनाव हारेका छन्, यो दुःखद छ ।
चुनावी राजनीतिमा यो अन्य राजनैतिक पार्टीको गणितीय हिसावले लगातार खस्किंदै आएको अवस्था हो । उनिहरू द्वारा गरिएको काम र जनता प्रतिको उदासिनताको असर भनेर बुझ्नुपर्छ । देशमा विकास नहुनु देशभित्र भ्रष्टाचार ब्यापत हुनु, अर्थात दस्तुर विनाको कुनैपनि काम नहुनु, देशभित्र युवाहरूले रोजगार नपाउनु, रोजगारका लागि डिग्री बोकेर घर धितो राखेर जिन्दगी हत्थकेलामा राखेर विदेश छिर्न बाध्य हुनु आदि बाध्यताले गर्दा जनाक्रोश बढेको हो र चुनावमा यह िदेखियो ।
अब राजनैतिक पार्टीहरू आत्मसमीक्षा गर्नुपर्छ । बिगत अट्ठार वर्ष देखि दुई, तीन, चार पटक प्रधानमन्त्री भएकाहरूले एक मौका दिनुपर्यो भनेर जनतामा पुगेपनि जनताले पत्याएनन्  । उनीहरूले अहिलेसम्म किन केही गरेनन्, अब के गर्छन् भनेर सोधेको प्रश्नको जवाफ पनि दिएनन् । अन्ततः चुनावमा तिनले जनमत पाएनन् । 
देश घन्टीमय हुनुमा बिगतका सत्तामा बसेका आलोपालो सत्ता स्वाद लिएका राजनैतिक पार्टीहरू नै बिशेष रूपमा जिम्मेवार हुन । अब जनताको बिचमा पुगेर आत्मलोचना गर्नु र अर्को चुनावसम्म पर्खनुको विकल्प छैन ।
कम्युनिष्ट पार्टीका लागि भने अहिले एउटा जटिल प्रश्न (?) खडा भएको छ । त्यो प्रश्न अबको पालो जनताको बिचमा नैतिकता बोकेर जानेकी जनताको बिचमा पुगेर नैतिक्ता निर्माण गर्ने ? यो प्रश्न कम्युनिष्टहरूलाई सामन्य होइन एउटा जटिल प्रश्न हो ।
यदि कम्युनिष्ट सच्चिएनन् भने सक्किनेछन् । जसरी पश्चिम बंगालमा कम्युनिष्टको ३४ वर्षे शासन २०११ मा ढलेको थियो, फेरि उठ्न सकेनन् । भारतमा कम्युनिष्ट शिलाखोज्नुपर्ने दिन आइसकेको यथार्थ बुझ्नुपर्छ ।
कम्युनिष्टका नेता र कार्यक्रताले बुझ्नै पर्ने कुरा जनताको माझमा जनताले चाहेजस्तै  व्यवहारको प्रदर्शन गर्न सक्नुपर्दछ । जनताको बिचमा गैरजिम्मेदार बन्दा कम्युनिष्टलाई जनताबाट अलग थलग बनाईदिन्छ भन्ने उदाहरण अब छर्लङ्ग भइसक्यो ।
अहिले जनमतको सम्मान गर्नुपर्छ र जनप्रतिनिधिहरू द्वारा देश र जनताको हितका लागि के कती पाइला चाल्छन् । त्यसपछि उनिहरूको बारेमा जनता आफैले पनि निर्णय लिने छन् । कांग्रेस कम्युनिष्टले आत्मसमीक्षा गरेर जनताप्रति आकर्षित हुनुपर्छ ।
सबै राजनैतिक दलहरू एकातिर र घन्टी एकातिर भएको भएपनि चुनावी परिणामले घण्टी नै मूलधार हो भन्ने देखाइसक्यो । यसको अर्थ यो होइन की उनिहरूलाई जनताले विजयी गराए भन्दैमा उनिहरू देशभक्त भएकाछन् । रास्वपाका नेताहरू को कताबाट सञ्चालित छन्, कति जनतावादी र देशभक्त छन्, कति स्वराजको रक्षार्थ खटिने हुन्, यसको नतिजा आगामी दिनहरूले देखाउने छ । रास्वपाका नेताहरूले पनि पहिलेका स्थापित दलका नेताहरूले झैं विदेशी कठपुतली र अपराधीहरूको इसारामा काम गर्न थाले भने अलोकप्रिय हुन लामो समय कुर्नुपर्नेछैन । अहिलेको समय भनेको देशका सबै राजनैतिक शक्तिहरू आ आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा देशको हितका लागि एकजुटताको परिचय दिनुको बिकल्प देखिदैन । यो संसदमा नेमकिपा नेता र राजमोका चित्रबहादुर केसीजस्ता अनुभवी नेता हुनेछैनन् ।उनीहरूले गर्नेजस्तो भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्ने नेताको खाँचोपूर्ति कांग्रेस, कम्युनिष्ट र हर्क साम्पाङ्को पार्टीले गर्नुपर्नेछ ।
रास्वपाका नेताहरू अधिकांश युवा छन् । एकले अर्कोलाई चिनेका पनि छैनन् । हाम्रो समाजमा लडाकु स्वभावका निडर ब्यक्तिहरू छन् तर दुरदर्शीयता र देश र जनताको हितको बारेमा चिन्तन् गर्न सक्ने क्षमताका यो देशभित्र अलि थोरै भेटिन्छन् । त्यसैले भोलिको दिनमा फेरी अहिलेको जस्तै भमोरी आर्को राजनैतिक शक्तिको आगनमा पुग्नसक्छ । त्यसकारण जनताको मत भनेको क्षणमै बदलिनसक्ने झिल्कारूपी हुन्छ । रास्वपाले पाएको आकंडाको भयबाट मुक्त भएर स्वराजका लागि लड्न सबै तैयार हुनुपर्छ ।