Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

शान्तिको सेता परेवा मार्ने भारत नै हो –६

०३ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

८) सञ्चारमा विदेशी प्रभाव–  नेपाली सञ्चार जगत देशभक्त त छ तर सञ्चारभित्र टाइकुन घुसाउने विदेशी हुन्। उपनिवेशिक, साम्राज्यवादी शक्तिहरुले मनी र मतियारको हतियारको व्यापक प्रयोग गरेर र स्वार्थको मायाजालमा फसाएर गोयवल्स शैलीमा अफिमको नशामा चूर बनाए झैं लठ्ठ पारेर सोत्रामै सुताइसकेका छन्। जो देशभक्त छ, उसलाई अलोकतान्त्रिक आरोप लगाउने, साम दाम दण्ड भेद लगाएर लडाउने, दमन गर्ने, उठ्नै नदिने र मार्नेसम्मका हथकण्डाहरु भइरहेका छन्। नेपा बचाउ भन्नु भारत, चीन विरोधीको बिल्ला भिराउने उपद्रव पनि भइरहेको छ। यी कस्ता लोकतन्त्रवादी हुन्, जसले नेपाल बचाउ भन्नेहरुमाथि क्रुरव्यवहार गर्न, धक मान्दैनन्, हिचकिचाउँदैनन्। स्वाधीनता भनेको सस्तो नारामा सिमित भयो। 
देश बचाउन एकपटक फेरि राष्ट्रिय स्वाधीनता अभियानको खाँचो छ। यो खाँचो पूर्ति गर्ने स्वतन्त्र वा पार्टीगत रुपमा कुनै अगुवा वा राजनेता अहिलेसम्म देखापरेका छन्। जो छन्, जो सतहमा देखिएका छन्, सबै झण्डे, डण्डे र खण्डेमात्र छन्। 

स्वार्थलम्पटहरुले स्वाधीनता आन्दोलन हाँक्न सक्दैनन्। देखिइसकियो कि एउटा पार्टीले गाई र माई दुबैलाई प्रयोग गरेर सत्ता र शक्ति त पायो, राजनीतिक र हिन्दूधर्मप्रतिको विश्वासमात्र होइन, आफ्नो संकल्पलाई समेत जोगाउन सकेन। यो हदसम्मको बदमासी राजनीतिमा हुनुहुन्थेन। राजनीतिमा नैतिकता, सिद्धान्त र सिद्धान्तप्रतिको निष्ठाको महत्व हुन्छ। हाम्रो देशमा नेता छन्, नैतिकता बगार्छन्, सिद्धान्तयुक्त घोषणापत्र पनि प्रकाशित गर्छन् तर चुनाव सकियो, सबै कुरा बिर्सियो। हिड्दैछ पाइला मेट्दै छ, यस्तो राजनीति भनेको वल्लो किनार न पल्लो तीर हो। यस्तै बेहाल छ हाम्रो राजनीतिक फाँटमा, राजनीति हो कि व्यापार, छुट्याउनै सकिन्न। विदेशी प्रभाव नरोके देश कमजोर हुँदै जानेछ। (क्रमस...अर्को हप्ता।)