Advertisement Banner
Advertisement Banner

२५ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

राजनीतिक फेरबदलसँगै कुन पार्टीकाे कति सिट ?

२५ सोमबार , फाल्गुण २०८२७ घण्टा अगाडि

राजनीतिक फेरबदलसँगै कुन पार्टीकाे कति सिट ?

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रमसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेकाे छ । मुलुकको राजनीतिक आएकाे ठूलो फेरबदलसँगै रास्वपा संसद्‌मा दुई तिहाइ नजिकै पुगेकाे हाे ।

प्रतिनिधि सभा निर्वाचनको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १ सय २४ स्थानमा जित हासिल गरेकाे छ । त्यसैगरि समानुपातिकतर्फ पनि रास्वपाले ३७ लाख १ हजार १३१ मत प्राप्त गर्दै जनमतमा आफ्नो बलियो पकड  बनाएकाे हाे । यता बिहानसम्मको मत गणना अनुसार हाल गणना जारी रहेको गोरखा क्षेत्र नम्बर १ मा पनि सोही पार्टीकाे फराकिलो मतान्तरसहित अग्रता लिइरहेको छ ।

यसअघिका नेपालका ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी भने अनपेक्षित रूपमा खुम्चिएका छन् । अहिलेसम्म नेपाली कांग्रेले १७ स्थान, नेकपा एमालेले ८ स्थान र नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा जित हासिल गरेका छन् ।

त्यसैगरि समानुपातिकतर्फ नेपाली कांग्रेसले १२ लाख ४९ हजार ८ सय ४० मत प्राप्त गरेको छ भने नेकपा एमालेले १० लाख ५९ हजार ८६ मत प्राप्त गरेकाे छ । नेपाली कम्युनिष्ट पार्टीकाे समानुपातिकतर्फ ५ लाख ४४ हजार १ सय ६६ मत आउँदा अन्य नयाँ दलहरू श्रम संस्कृति पार्टीले ३ स्थानमा जित निकाल्दै २ लाख ४९ हजार ३ सय ४६ समानुपातिक मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षमा एक सिट जितेर समानुपातिकतर्फ २ लाख ६० हजार ६ सय ४५ मत पाएकाे छ ।