
राजतन्त्र लोकप्रिय भयो, आमनागरिकले राजतन्त्रको पक्षमा समर्थन देखाए भनेर आत्तिएका गणतन्त्रवादीहरूले मौका पायो कि तीललाई पहाड बनाउने प्रयास गर्ने गरेका छन् । यस्तो दुस्प्रचारको माध्यम बनाइएका छन्, नेपाली सेनाका चार पूर्व प्रधानसेनापतिहरू– पूर्णचन्द्र थापा, गौरवशमशेर राणा, प्यारजंग थापा र राजेन्द्र क्षेत्री ।
खासमा यी चारैजना पूर्व प्रधानसेनापतिहरू दसौ ‘चिफ कन्क्लेभ’ मा भाग लिन गएका हुन् । तर यही विषयलाई अतिरञ्जित प्रचार गरियो, राजतन्त्र फर्काउनका लागि भनेर । स्मरणीय छ, यस्तो चिफ कन्क्लेभ नेपाल र भारतवीचको सहमतिमा मनाउने गरिएको पुरानै प्रचलन हो । हो, यस्तो कार्यक्रममा सेना सेनावीच सद्भाव भेटवार्ता हुनु स्वभाविक छ । यस्तो कार्यक्रम हरेक दुई वर्षमा नेपाल र भारतमा आलोपालो मनाउने प्रचलन रहेको छ ।
यस्तो कार्यक्रममा सहभागी हुनुलाई अनेकार्थ लगाउनुको कुनै अर्थ देखिदैन । यस्तो कार्यक्रममा जाने सूचना जारी गरेर गएको भए दुस्प्रचारमा ब्रेक लाग्नेथियो । सामाजिक सञ्जालमा भाइरल बनाउने कार्य हुनेथिएन । सैनिक सम्बन्ध, कूटनीति बलियो हुँदा राष्ट्रलाई लाभ नै हुनेछ । नाकावन्दीका बेलामा पनि सैनिक कूटनीति फलदायी भएको थियो ।


