Advertisement Banner
Advertisement Banner

२० बुधबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

फागुन २१ गते निर्वाचन

१९ मंगलबार , फाल्गुण २०८२२१ घण्टा अगाडि

फागुन २१ गते निर्वाचन

संविधान मरिसक्यो, संसद पनि छैन । देशको पद्धति शून्यमा छ । यो शून्यतालाई, यो पद्धतिको मृत्युलाई जगाउनका लागि पर्सी फागुन २१ गते निर्वाचन हुँदैछ । यही निर्वाचनले संसदीय पद्धतिलाई जीवनदान दिनेछ । देशमा अनगिन्ति राजनीतिक द्वन्द्व र समस्याहरू छन्, ती सबै समस्या समाधानको निकास यही निर्वाचनलाई मानिएको छ । हुन त पहिले राजनीतिक शक्तिहरूवीच संवाद, सहमति र सहकार्य गरेर निर्वाचनमा जान सकेको भए शान्ति र स्थिरताको ग्यारेण्टी हुनेथियो । तथापि निर्वाचनपछिको पहिलो काम राजनीतिक सहमति खोज्ने प्रयत्न भयो भने त्यो पनि राष्ट्रका लागि फलदायी नै हुनेछ । यो निर्वाचन निकास हुनुपर्छ, निकास दिनुपर्छ ।
१६५ सांसद पदका लागि ६८ पार्टीका ३४०६ उमेदवार प्रतिस्पर्धा गरिरहेका छन् । हरेकले आआफूले गर्ने कामको फेहरिस्त जनतालाई सुनाइरहेका छन् । आफू नै योग्य रहेको दावी पनि गरिरहेका छन् । १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले कुन कुन उमेदवारलाई आफ्नो जनप्रतिनिधि निर्वाचन गर्ने हुन्, फागुन २१को निर्वाचनले तय गर्नेछ । परिवर्तनका लागि निर्वाचन, मुलुक हौसिएको छ ।