Advertisement Banner
Advertisement Banner

११ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रतिनिधिसभा निर्वाचनकाे मौन अवधि

१८ सोमबार , फाल्गुण २०८२४ महिना अगाडि

प्रतिनिधिसभा निर्वाचनकाे मौन अवधि

यहि फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरेबेलुकी मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचनकाे मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन ।

मौन अवधि सुरु हुनु अगाडी आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त रहेका छन् । मौन अवधि भरे मध्यराति १२ बजेदेखि सुरु भएर मतदानको नसकिएसम्म लागु हुनेछ भने मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद नहोस र कुनै अप्रिय घटना नघटाेस र मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाे छ ।

मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार शान्त वातावरणमा निर्वाचन गर्न, उम्मेदवारहरुबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गरिएकाे हाे । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा गरिएकाे निर्वाचन आयाेगले गरेकाे पाइन्छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउने गरिन्छ भने मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन् ।