
यहि २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज पोखरामा आमसभाको आयोजना गर्दैछ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तयारी रहेको छ ।
नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलका अनुसार आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी रहने बताइएको छ । आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइनेछ ।
अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्नो चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् । यहि फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तयारी भएसंगै अहिले बिभिन्न राजनीतिक दलका उम्मेदवार कार्यकर्ता, शुभचिन्तक लगायत देशैभरी प्रचारप्रसार व्यस्त रहेका छन् ।


