Advertisement Banner
Advertisement Banner

१७ आइतबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

रास्वपाले सहकारी बचत फिर्ता गर्ने

१५ शुक्रबार , फाल्गुण २०८२२ दिन अगाडि

रास्वपाले सहकारी बचत फिर्ता गर्ने

चुनावमा सहकारी पीडितको भोट तान्न कांग्रेस एमालेले नानाथरि कुरा गरे, रास्वपाका सभापति रवि लामिछानेलाई लाञ्छित गरे । तर देशैभरि चुनावी लहर ल्याएको र चुनाव जितेर सरकार हाँक्ने आशा बाकेको रास्वपाले सरकारमा पुगेको सय दिनभित्र साना बचतकर्ताको बचत फिर्ता गर्ने वाचा गरेको छ । स्मरणीय छ, रवि लामिछाने सहकारी ठगीमा मुद्दा खेपिरहेका छन् । उनले जागीर खाएको संस्थाले चलाएको भनिएको २८ करोड हो, त्यो उनले धरौटी नै राखिसकेका छन् भने कांग्रेस, एमालेका नेताहरूले ८७ अर्बभन्दा बढी अपचलन गरेका छन् । रास्वपाले जीवी राईजस्ता सहकारी ठगेर विदेश बस्नेदेखि जेनजी आन्दोलनको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने बाचा पनि गरेको छ ।
रास्वपाले सकभर सुनेर बचत फिर्ता गराउने योजना अगाडि सारेको छ । बचत फिर्ता गर्ने भरपर्दो स्रोत र योजना छ भने मिलापत्र गराउन कानुनी मार्ग खोलिदिने, संस्थाको ऋण असुली र बचतकर्ताको बचत फिर्ता गराउने भनेको छ । स्मरणीय छ, रास्वपा सभापति रवि लामिछानेमाथि कास्कीमा सूर्य दर्शन सहकारी, काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी, चितवनमा साहारा सहकारी, रूपन्देहीमा सुप्रिम सहकारी र पर्सामा सानो पाइला तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा सरकारले मुद्दा चलिरहेको छ । रवि कास्कीमा ६५ लाख, काठमाडौँमा ६० लाख, चितवन ५४ लाख, रूपन्देहीमा एक करोड र पर्सा अदालतमा एक करोड धरौटी बुझाएर रिहा भएका हुन् ।