
काठमाडौं–३ को चुनाव प्रचारमा कुलमान घिसिङभन्दा राजुनाथ पाण्डेको पलडा भारी देखिन्छ । कुलमानको प्रचारमा भीड देखिन्न, राजुनाथ पाण्डेको प्रचारमा भीड देखिन्छ । के कुुलमान घिसिङ राजनीतिमा असफल भएकै हुन् त ?
रास्वपा पसेर निस्किएका उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ र महानगरका प्रहरी प्रमुखबाट राजीनामा दिएर राजनीतिमा हामफालेका राजुनाथ । सफल प्रशासक कुलमान, चर्चित नगर प्रहरी राजुनाथ । यो भीडन्त चर्चामा छ । कसलाई भोट दिने, कसलाई पाखा लगाउने धेरैले निधो गरिसकेका छैनन् । तर लहर परिवर्तनको छ । यी दुबै उमेदवार परिवर्तनका पक्षधर हुन् । जसरी झापा ५, सर्लाही ४, धरान १, चितवन २
क्षेत्र चर्चामा छ, त्योभन्दा कम चर्चामा छैन काठमाडौं ३ चुनाव क्षेत्र । राजधानीका सचेत मतदाताको निर्णय उत्सुकतापूर्ण हुनेछ ।


