Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

चुनाव र द्वन्द्व समाधान ?

शाश्वत शर्मा

१२ मंगलबार , फाल्गुण २०८२१९ घण्टा अगाडि

चुनाव र द्वन्द्व समाधान ?

यही संविधानअन्तर्गतको शासन प्रणालीबाट अत्यन्तै राम्रो तरिकाले फाइदा लिइरहेका दलका कार्यकर्ता, नेता र दलहरूले यतिखेर पूर्वराजा ज्ञानेन्द्रलाईधारे हातलगाएर सत्तोसराप गरिरहेको पाइएको छ । मुलुकको समस्याहरूको मूल जड रहेको यो संविधान र सत्तामा पालैपालो आसीन भएर आफू र आफ्नो झो कार्यकर्ताहरूको पक्षपोषण गरिरहेकाहरू इन्तु न चिन्तु हुनपुगेका छन् । बाहिर जतिसुकै पूर्वराजालाई शक्तिहीन रूपमा चित्रित गरेता पनि यिनलाई राजशक्ति के हो ? पूर्वराजाको अझै कुन हैसियत छ ? त्यो कुरा फागुन ७ को सन्देशका एक एक शब्दले यिनलाई पोल्न थालेको छ । खासगरी सामाजिक सञ्जालहरूमा त राजाको सन्देश भाइरल नै भएको छ । एकथरि भन्छन्– अरूबेला भएको भए, अहिलृ राजाविरूद्ध जुलुस र नाराबाजीको होड नै चलेको हुन्थ्यो  तर अहिले चुनावको माहोल छ, जेनजीको प्रताडनाले यिनीहरू छट्पटिएका छन् । त्यसैले भाषण र कोठे बक्तव्यबाट आफूलाई बचाएका छन् । कारण यदि चुनाव भइहाल्यो भने, राजावादीको मत आफूहरूलाई नआउला भनेर । तैपनि दूतावासहरूको हण्डीबाट पालिएका केही कथित नेताहरू राजालाई सत्तोसराप गर्न रोकिएका छैनन् । पार्टीका झाले बुद्धिजीवी, कार्यकर्ताहरू राजाको सन्देशलाई लिएर नानाभाँती भ्रम छर्न व्यस्त छन् । त्यसो त राजाले फागुन ७ मा दिएको भिडियो सन्देशका स्पष्ट रूपमा ७ बुँदा  महत्वपूर्ण छन् । पहिलो ः मुलुक अहिले अन्यौल र गहिरो छटपटीको भूमरीमा फसेको छ । दोस्र ः बिगतका आन्दोलन र परिवर्तनले के दियो ? समीषा गर्ने बेला आयो । 
तेस्रो ः आलोपालो भाग लगाएर खाने भन्ने सोचले देश बन्दैन । चौथो ः नेपालीले नेपालीलार्य बैरी ठान्ने र घृणा फैलाउने राजनीति रोकौं । पाँचौं ः अधिकारमात्र खोज्ने होइन, कर्तव्इवोध गरौं । छैठौं ः व्यवस्थाका राम्रो र असल पक्ष राखौं, खराव पक्ष फालौं । सातौं राष्ट्रिय समस्याको समाधान गरेर मात्र चुनावमा जानु उचित ।
पूर्वराजाको यो सन्देशमा के चाहिं गलत छ त ? झन सातौं नम्बरको राष्ट्रिय समस्याको समाधान गरेर मात्र चुनावमा जानु उचित भन्ने आशयमा के चैं गल्ती छ र ? राष्ट्रिय समस्याहरू ज्यूँका त्यूँ रहिरहने र चुनावको आवरणमा कहिले काले, कहिले भालेले सत्तामा पुगेर देश लुटिरहने ? लोकतन्त्र भनाउँदो भाडातन्त्रको आवरणमा आफू र आफ्नाका लागि देशको ढुकुटी रित्तो पारेर देश र जनतालाई ऋणि बनाइरहने ? राजशक्तिलाई बाहेक गरेर समस्या समाधान गर्न सक्छ कसले ? समाधान हुने भए बीस वर्षसम्म किन समस्या कचल्टियो ? किन जेनजी आन्दोलन र बिद्रोहको बिनासलीला देख्नु भोग्नु प¥यो ? चुनावबाट अर्काथरि संसद, सरकारमा पुग्लान्, तिनले समस्या समाधान गर्ने होइन, फेरि लूट मच्चाउने छन् । लूट मच्चाउने र देशलाई समस्याको भूमरीमा पार्ने भए चुनाव किन चाहियो ? चुनावमा जाने परिवर्तनकारी शक्तिहरूले राष्ट्रिय समस्या समाधान गर्न सक्छौं भनेर कुनै खाका पेश गरेका छैनन् । हिजो एकथरिले लुटे, अब अर्कोथरिले ब्वाँसोले गाईको छालो ओढेर लुट्नसक्नेछ । अब पनि स्वार्थका पुतलाहरूलाई किन बोकिरहने ?
जबसम्म २०६३ सालतिर धोखा दिएर अन्तरिम संविधान, संविधानसभा भनियो र देश र राजसंस्थालाई धोका दिइयो । राजासँग गरिएका सहमति तोडिाये । यदि इमानदारीताको कसीमा उभिन सकिन्न, राष्ट्रिय समस्या झन बिकराल हुनेछ । त्यसै मुलुकको अस्तित्व संकटमा फस्न पुगेको होइन । अभिभावकविहीन भएको मुलुकलाई अभिभावक चाहिएको छ । जसले बिकृति र बिसंगतिलाई रोकोस् । यही सबै बुझेर राजतन्त्रवादी भनिएको राप्रपाले फागुन २१ को चुनाव अघि नै राजा, जेनजी र दलहरूवीच समझदारी हुनुपर्छ भनेको छ । चुनाव प्रचार रोकेको छैन, सहमति वा समझदारीका लागि कुनै पहलकदमी पनि लिएको छैन । प्रष्ट भयो, राप्रपा पनि हिन्दुराष्ट्र र राजतन्त्र स्वार्थका लागि प्रयोग गरिरहेको छ । सत्य यही हो कि राजाको सन्देशको मर्म बुझ्ना साथ राप्रपा नाम गरेको पार्टीले अगुवाई लिनुपथ्र्यो । अबको समय भनेको चुनाव होइन, संसद पुनस्र्थपना होइन, मरेको संविधान ब्यूँताउने पनि होइन, राष्ट्रिय सहमति गरेर नयाँ संविधान र संविधानमा राजासहित सबै राजनीतिक शक्तिलाई उचित स्थान दिनुपर्ने थियो । समय धेरै अघि बढिसक्यो, अब पनि मुलुकले न पुराना राजनीतिक कुडा करकट, न नयाँ च्यापिरहनु सक्छ । झन शुशिला, सुदन, स्वर्णिम, खगेन्द्रजस्ता पात्रहरू त त्याज्य नै भयसके मुलुकका लागि । राजाले नै हो, देशको अस्तित्व बचाउने र बनाउने । ०४६ सालदेखि ०८२ सालसम्म भ्रष्टाचार, अपराधीकरण, द्वन्द्व, आगजनी, राष्ट्रघात बाहेक अरू केही देखेन, भोगेन मुलुकले । यो वास्तविकतालाई सबै राष्ट्रभक्तहरूले मनन गरौं । पञ्चायतकालको कुरै छाडौं, त्यो त उपलव्धिपूर्ण समय थियो । ०४६ सालपछि राजा संवैधानिक भएर बस्दामात्र पनि यतिबिघ्न हाहाकारमा फसेको थिएन मुलुक । विदेश प्रायोजित जनयुद्ध, जनआन्दोलनपछिको २० वर्ष विदेशीको परेड मैदान नै बन्यो नेपाल । यो लोकतान्त्रिक गणतन्त्र अर्थात लूटतन्त्र स्वीकार्ने भनिनेहरू तिनै विदेशीका सामु लम्पसार पर्नेहरू नै रहेका छन् । यसकारण पनि सबैले विवेकी बनेर सोच्नुपर्छ कि राष्ट्रिय समस्याहरूको समाधान पहिल्याउनुपर्छ पहिले ।