Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भ्रष्ट कर्मचारीतन्त्रबाट देश चल्दैन

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

जीवनको उत्तरार्द्धमा सत्ताको स्वाद लिन पुगेका राष्ट्रिय जनमोर्चाका अध्यष चित्रबहादुर केसीको ठहर छ– यति भ्रष्ट कर्मचारीतन्त्रबाट देश चल्दैन, कुनै परिवर्तन सम्भव छैन। सरकार प्रमुख परिवर्तन भयो, राज्यसत्ताको मेसिनरी परिवर्तन भएन, राज्यअंगहरुमा आमूल परिवर्तन नगर्ने हो भने बहुसंख्यक जनताको पक्षमा माखो पनि मर्न सक्दैन। रुसको अक्टोवर क्रान्ति र चीनको माओवादी क्रान्तिले राज्यसत्ता कव्जा गरेपछि जनताको पक्षमा काम हुनथालेको हो। २००७ सालदेखि अहिलेसम्म सिमित व्यक्तिलाई ठूलो सुविधा, जनतालाई ठूलो दुःख दिइयो। यो आमूल परिवर्तन होइन। हिजो राणा शासन, राजा शासन थियो, अहिले महाराजा शासन सुरु भएको छ। नयाँ सामन्त जन्मेका छन्। गणतन्त्र आएपछि यो क्रम जारी रह्यो। राजतन्त्र गयो, कार्यप्रणाली, व्यवहार र संरचना बदलिएनन्। लोकतन्त्र टालटुले घरजस्तो छ। कर्मचारी, सेना, प्रहरी र अदालत राज्यका अङ्ग बदलिएनन्। कर्मचारी तन्त्र भनेको स्थायी सत्ता हो। स्थायी सत्ता नै भ्रष्टाचारको दलदल बनेको छ। कसरी लोकतन्त्र लोकहितमा काम गर्न सक्छ? कसरी अन्य परिवर्तन सम्भव छ?