Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

संविधानको भविष्य अनिश्चित

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

माओवादी नेतृत्वको सरकार र मधेसवादीहरु संविधान संशोधन गर्न निस्कृय देखिएकाले संविधानको भविष्यमाथि प्रश्नचिन्ह खडा भएको छ। यस्तो प्रतिक्रिया राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिएका हुन्। उनका अनुसार अव संविधान कार्यान्वयन हुन मुस्किल छ। जुन परिदृश्य देखिएको छ, यसबाट मधेस समस्या समाधान हुन मुस्किल छ, संविधान संशोधन कठिन छ भन्दै चौथो राजनीतिक शक्ति रहेका अध्यक्षले स्थानीय निकायको पुनसंरचना आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गर्नु  र मधेसी मोर्चाले आयोग खारेजको माग उठाउनु भनेको चुनाव हुन नदिनु हो। नेपालगञ्जबाटै अध्यक्ष थापाले शालिक राख्दैमा राजतन्त्र आउने र गणतन्त्र जाने होइन भन्दै पुनः उनले राप्रपासँगको एकीकरणको अध्याय समाप्त भएको बताइसके। 
स्मरणीय छ, नेपालगञ्जको वीरेन्द्र चोकमा राजा वीरेन्द्रको सालिक राखिएकोमा प्रशासनले राख्न दिएन।