Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्रको निर्णय संसदमा कि दिल्लीबाट?

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

९१ प्रतिशत जनमतले जारी गरेको संविधान संशोधनको निर्णय दिल्लीबाट हुन्छ, दिल्लीको सहयोग र निर्देशनबाट हुनछ भने यो संविधानले नेपालको विकास गर्छ कि बिनास? दिल्ली त्यस्तो क्षिमेकी हो, जसले एक हातले दिएर दुई हातले नेपाललाई लुटिरहेको छ, कहिले नेपालको हित सोचेन र नेपाली नेताहरुलाई खेताला बनाएर घुमाइरह्यो, त्यस्तो दिल्लीको भरोसा गरेर हाम्रा प्रधानमन्त्री दिल्ली दौडिने साइत कुर्दैछन्। कसरी उचित यो? \
१९४२ मा गान्धीले भारत छोडो आन्दोलन थाल्दा वीपीलगायतका सयौं नेपालीले स्वतन्त्रता आन्दोलनमा साथ दिए। कतिले ज्यान र धेरैले रगत बगाए। त्यो भारतले नेपालीको साथ र त्यागलाई आजसम्म सम्मान गर्न सकेन र नेपालको राजनीति र प्राकृतिक साधन, अर्थतन्त्र र विकास लुटिरहेको छ। नेपाललाई विकासशील हुनै नदिन पाइला पाइलामा भूपरिबेष्ठित होइन, भारतबेष्ठित पारिरहेको छ। 
आश्चर्य त के पनि छ भने भारतमा आन्दोलन हुँदा नेपालको सप्तरीमा आइ भूमिगत भएर भारतीय नेताहरुले अंग्रेज विरुद्ध आन्दोलन सफल पारेका थिए। त्यो पवित्र भूमि हो नेपाल। भारतले यही भूमिलाई दुःख दिनु भनेको राजनीतिक पाप होइन। तर भारत त्यस्तो सम्झदैन र नेपालमा लूट मच्चाइरहेको छ। प्रधानमन्त्री पुष्पकमलको भदौ ३१ गते भारतका प्रधानमन्त्रीसँग वार्ता हुनेछ। के प्रचण्डले त्यो वार्तामा नेपालको त्याग र बलिदान सम्झाउने हैसियत देखाउन सक्छन्? नभए यो भ्रमण दरवारीलालभन्दा कति फरक पर्ला र?