उपेन्द्र प्रेमी -
राष्ट्रको शासन सत्तामा आसीन हुनासाथ पहिलो विदेश भ्रमण भारतको हुने र त्यहाँ गएर भावभक्ति दर्शाउने नेपाली नेताहरुको सनातनी पद्धति नै हो। मुलुकको ३९औं पटकका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि यही परम्पराको निर्वाह गर्न भारत जाँदै हुनुहुन्छ। मित्र राष्ट्रहरु र खासगरी दक्षिण उत्तराका छिमेकी देशहरुको भ्रमण प्रक्रिया आफैमा नौलो अनौठो हुँदैन। द्विपक्षीय हित मैत्री सम्बन्ध र आपसी सहयोग सद्भावका हेतु हुने भ्रमण हाम्रो परराष्ट्र ममिलामा ठीकै ठान्नुपर्छ। तर पनि विदेश भ्रमणको अर्थ आशय मुद्दा र बुँदा स्पष्ट खुलस्त गरेर गरिने भ्रमणले मात्र औचित्य सिद्ध गर्दछ। बिना कार्यक्रमका साथ गरिने लक्ष्यहीन भ्रमण वास्तवमा सही स्वभाविक र सान्दर्भिक मानिन्न।
केही महिना अघि ओलीले भारतको राजकीय भ्रमण गर्नुभयो र उतिखेर नेपालका मन्त्रीले पट कपटक भारतको र भारतका मन्त्री तथा नेताहरुले नेपाल यात्रा गरे। सरकार परिवर्तन सँगै फेरि लगत्तै पुष्पकमल दाहालको भारत भ्रमणको अर्को ताउरमाउर सुरु भएको छ। यसअघि विशेष दूतका रुपमा मन्त्री निधि र परराष्ट्र मन्त्री प्रकाश शरण महतको भारत यात्रा भइसकेको छ। आखिर नयाँ कुरा, नयाँ योजना र नवीन एजेन्डा केही छैनन्, दौडादौडी गरिरहनुपर्ने विशेष सनदर्भहरु पनि केही देखिन्नन्। तैपनि अनुहार देखाउनकै लागि आपसी सम्बन्ध विस्तार तथा विश्वास एवं समझादारीको संवर्द्धन भन्दै यस्ता भ्रमणहरु भइरहेका छन्।
भ्रमण उद्देश्यमूलक कार्यक्रमयुक्त र अर्थकारी हुनुपर्छ, कुनै नवीन सोचसूत्र र आपसी हितसँग सम्बद्ध ठोस प्रस्तावका साथ भ्रमण केन्द्रित भइदिए त्यो बढी उपयोगी हुने हो। तर त्यस्तो कुनै चिन्तन र उम्मेद नै नभएको भ्रमण केवल औपचारिक, आलिंगतमूलक शाव्दिक मात्र हुने गर्छ। त्यसको कुनै तात्विक सार हुँदैन। विद्यमानको पुष्पकमल दाहालको यो भारत भ्रमणलाई पनि त्यस्तो कुनै महत्वमा लिइँदैन। जाने घुम्ने, भेट्ने अनि आपसी मैत्रीका कुराकानी गर्ने अनि।रसिलो अरसिलो नुनिलो गुनिलो केही कुरो कन्यो लिएर फर्कने ब्ााहेक अरु विशेष केही हुँदैन।
भ्रमण भएपछि केही ालभ, केही विषयवोध, थप केही भलाकुसारी र द्विपक्षीय चसाो चिन्ता आदिका कुरा त निस्किहाल्छ भैहाल्छ, ती त्यस्ता कुरा र त्यसले खडा गर्ने केही उत्साहित सन्दर्भ यो भ्रमणमा पनि हुन्छ नै। तर पनि कुनै चमत्कारिक र कुनै त्यस्तो औधी उत्साहको स्थिति भइहाल्ने भन्ने कुरा देखिदैन। त्यसैले तूक बेतूक रकालबेलाको संलाप मिलापको यस्तो भ्रमणलाई प्रायः सद्भावना भ्रमण भनिन्छ। शिष्टता र कूटनयिक दृष्टिले त्यस्तो मनाई ठीकै पनि हो। प्रकट र औपचारिक प्रदर्शनमा वा विज्ञप्ति आदिका दृष्टिले यो भ्रमण पनि त्यस्तै त्यस्तै विषयको पुनरावृत्तिकै रुपमा रहनेछ। तर पनि जब जब नेपालका शासकहरु भारतको भ्रमणमा जान्छन्, तव तव नेपालभित्र अव के हुने, के के लाभ हानी हुने हो भन्ने र हाम्रो शिर कति ठाडो र कति होचो हुने हो भन्ने लहर तरंग तर्कना र ज्वारभाटा उत्पन्न हुने गर्दछ। सद्भावनाका शव्दावली जति नै गुञ्जिए पनियस्तो खालको भारत भ्रमणलाई कतिको अन्तर्दिलले 'भक्ति भ्रमण' नै ठान्दछ। थोरै लिएर धेरै दिने, धेरै धेरै भक्तिभाव प्रकट गर्ने र धेरै धेरै अर्ति उपदेश सुन्ने र कुरै कुरामा लठ्ठ पर्ने हिसाव कितावमा नै प्रायः यस्ता भ्रमणलाई हेरिने गर्दछ। भ्रमण सम्पन्न गरेपछि, भ्रमणलाई सार्थक मैत्रीपूर्ण र उपलीवधमूलक भन्ने शव्दको डम्फू त बज्छ नै। तर भित्र भित्र के के हुने हा, के के भयो भन्ने कुराको हेक्का चाहिं मन्दविषका रुपमा पछि पछि विस्तारै निस्कदै जान्छ। हेरौं प्रधानमन्त्री पुष्पकमलको यो भारत यात्रा कति पुष्पित, कति सौरभित र कति गौरवान्वित हुन्छ वा सदा सदाको निरन्तरता नै रहन्छ। प्रकृति परिस्थिति र राजनीतिक पद्धतिको विकृतिले हाम्रो आफ्नो प्रशस्ति गुम्दै गएको आजको सन्दर्भमा हुँदै जाने भावभक्तिले हाम्रो कान्ति के कस्तोहुने हो, त्यो पनि आम चासोकै रुपमा छ।


