Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन सम्पन्न

०४ सोमबार , फाल्गुण २०८२७ महिना अगाडि

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले रिसर्च एण्ड इनोभेसन सेन्टर फर नेपाल सँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म ह्यात सेण्ट्रिक काठमाडौंमा आइ ट्रिपल इ अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याई सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा अनुसन्धान निष्कर्षहरू आदान–प्रदान गर्ने अवसर प्रदान गरेको थियो । कार्यक्रममा प्राविधिक सत्रहरू अन्तर्गत शोधपत्र प्रस्तुति, विशेषज्ञ प्रवचन तथा उदीयमान प्रविधि, नवप्रवर्तन र विश्वव्यापी अनुसन्धान सहकार्यबारे छलफलहरू सम्पन्न भएका थिए ।

सम्मेलनको उद्घाटन नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हे।ई। ते–यङ पार्कको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सम्मेलनको अध्यक्षता चीनको नानजिङ विश्वविद्यालय अन्तर्गत नेशनल की ल्याबोरेटरी अफ माइक्रोवेभ फोटोनिक्सका प्रा। डा। बिकास नकर्मीले गर्नुभएको थियो ।
सम्मेलनका मानार्थ विशिष्ट अतिथिहरूमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्रा। डा। राजेन्द्र धोज जोशी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा। रवीन्द्र प्रसाद ढकाल तथा आइ ट्रिपल इ नेपाल सेक्शनका अध्यक्ष प्रा। अरुण तिमिल्सिना रहनुभएको थियो ।

सम्मेलनका सह–अध्यक्षहरूमा नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल सह–प्राध्यापक दुर्गा प्रसाद भण्डारी, कोरियाको कोरिया एडभान्सड् इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत ग्राजुएट स्कुल अफ ग्लोबल डिजिटल इनोभेसनका डिन प्रा। डा। सिउङ हुन हान, सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीका सह–प्राध्यापक इ। गंगा सुब्बा तथा चीनको नानजिङ एरोनोटिक्स तथा एस्ट्रोनोटिक्स विश्वविद्यालयका अध्यक्षका सहायक प्रा। डा। शिलोङ पान रहनुभएको थियो ।

अन्य विशिष्ट अतिथिहरूमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ स्कुलका सह–प्राध्यापक डा। दीपाञ्जल श्रेष्ठ, इ। विरोध रिजाल, पोखरा विश्वविद्यालयकी सहायक प्राध्यापक डा। दीपमाला श्रेष्ठ, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका प्रिन्सिपल तथा सह–प्राध्यापक इ। निरञ्जन खकुरेल तथा चीनको झेजियाङ विश्वविद्यालयका प्रा। डा। टी। डी। सुबास रहनुभएको थियो ।

सम्मेलन सफल बनाउन विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभाग, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ विभाग तथा कम्प्युटर इन्जिनियरिङ विभागले पुर्‍याएको महत्वपूर्ण योगदानप्रति नेपाल इन्जिनियरिङ कलेजले हार्दिक आभार व्यक्त गरेको छ। साथै नेक आइ ट्रिपल इ विद्यार्थी च्याप्टरको सक्रिय सहभागिता र समर्पणप्रति विशेष धन्यवाद दिइएको छ । भने, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ विभागका विभागाध्यक्ष सह–प्राध्यापक सचिन श्रेष्ठको उत्कृष्ट सहयोग, नेतृत्व र निरन्तर प्रयासप्रति कलेजले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

आइसिटीपी २०२६ ले अनुसन्धान उत्कृष्टता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने नेपाल इन्जिनियरिङ कलेजको निरन्तर प्रतिबद्धतालाई झल्काएको छ ।