Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, माघ २०८२10th February 2026, 12:33:31 am

रत्नकार र बाल्मिकी छुट्टनेछन् फागुन २१ मा

२७ सोमबार , माघ २०८२११ घण्टा अगाडि

रत्नकार र बाल्मिकी छुट्टनेछन् फागुन २१ मा

दूध र पानी रजहाँसले छुट्याउन सक्छ । नेता र गुण्डा छुट्याउने जनता रजहाँस बनेर हो । यो अवसर भनेको जनमत दिने जनताको हातमा छ । 
अनुभवीहरू भन्छन्– माहुरी पालकले माहुरीको बित्तपाते अबस्था र त्यसको पहिचान गर्छ । माहुरीको यो अबस्था जान्न सकेन भने माहुरीको घार नै नष्ट भएर जान्छ । यसै गरी कुनै मुलुकमा पनि नेतागणहरूमा यो बित्तपाते अबस्था आउँछ, यस अबस्थामा मुलुक नै नष्ट हुने खतरा हुनसक्छ । यहि कुरालाई महाभारतको शान्ति पर्वमा भिष्म पितामह युधिष्टिरलाई यसरी बताएका छन्– व्यक्तिले प्रथमत राजा चुनोस्, त्यस पछि भार्या (परिवार) अनि परिवार पाल्न धन कमाओस् । यदी राजा नै सही भएन भने न भार्या रहन्छ न धन । सबै कुरा अरूले नै लुटेर लान्छन् ।
समय नाघेको लार्भा छ भने शाही खुराक खुवाएर रानो बनाएपछि माहुरीको चाका सुरू हुनसक्छ । राना बनाउन सकिएन भने हरेक माहुरीले खाना त खान्छ तर चाका बनाउन सक्दैन ।
हो नेपाली राजनीतिमा यतिबेला रानो छैन । रानो बनाउने प्रकृया पनि सुरू भएको छैन । रानो नभएपछि माहुरी नासिएझैं राजनीति नासवान बन्छ । पार्टी र नेताहरू सत्ता र शक्तिका वरिपरि घुमिरहेका छन्, जसका कारण जनता अन्यायमा परेका छन्, राष्ट्र दिनदिनै कमजोर बन्दै जाँदो छ ।
रानो नभएको घारमा अब्यबस्था पैmलन्छ, सबैले आपैmलाई रानो सम्झनाले आपसी द्वन्द चल्छ । रस बटुल्न कोही बाहिर निक्लदैन, घारमा खानाको कमी हुन्छ, झगडा गर्छन् । यो अबस्थालाई  बित्तपाते माहुरी भनिन्छ । त्यो घारको विनास अबश्यांभावी छ । यस्तो स्थितिमा माहुरी पालकले पहिले रानोको व्यवस्था गर्छ । बित्तपाते माहुरीको हुललाई घारबाट हटाउँछ । जो बितपाते नभएका माहुरी छन्, ती फैलन्छन्, रानोले अन्य माहुरीहरू बटुल्छ र फेरि घारमा मह जम्मा गर्न थाल्छन् ।
माहुरीको घारको बितपाते अवस्था र नेपालको राजनीतिक व्यवस्था उस्तै उस्तै देखिन्छ । जो अपराधी थिए, जो जनताले घृणा गरेका पात्र थिए, तिनीहरू कानुन बनाउने, कानुन खेलाउने, राज्यसत्ता चलाउने केन्द्र केन्द्रमा पुगे । धर्मलाई अफिम भन्नेहरू धर्म संस्कृतिका पालनहार बन्ने ढोङ गर्दैछन्, जो विदेशीको रिमोटबाट चल्ने छन्, तिनीहरू चर्का भाषण गर्दैछन्, जो समाज र नेपाली एकताका भँडुवा हुन्, तिनीहरू एकताको नाटक गरिरहेका छन् । जो बाल्मिकीको नाटक गरिरहेका थिए, बाल्मिकी बनेर परिवर्तनका संवाहक बने, तिनीहरू रत्नाकरभन्दा पृथक प्रमाणित हुन सकेनन् । रत्नाकरहरूको आतंक, अराजकताबाट पीडित भएपछि असन्तुष्टि फैलियो र अर्को परिवर्तनको माग भयो ।
आधुनिक रत्नाकरहरू बाल्मिकीको मुखुण्डामात्र लगाउँछन् । देशले बाल्मिकी खोजेको छ, रत्नाकरहरू देशैभरि हावी भएका छन् । रत्नाकरका भजनेहरू आफूलाई बुद्धिजीवी, नागरिक अगुवा ठान्छन्, डाँकैतीका साझेदार बन्छन् । लोकतान्त्तिक गणतन्त्र उत्कृष्ण् व्यवस्था ल्याइयो भनेर जसजसले झ्याली पिटेका थिए, गत भदौ २३ र २४ मा ती जनअसन्तुष्टिबाट पिटिए । अझै पनि दुर्दान्त काम गर्न उक्सेकै छन्, जुन अर्को गल्ती हो । जसले अपराधलाई प्रश्रय दियो, ती गणतन्त्रका बाहक हुँ भन्छन्, यस्तो राजनीतिले बढाउने अपराध नै हो ।
प्रजातन्त्रवादी, समाजवादी, सर्वहारा हुँ भन्नेहरूलाई जनताले बाल्मिकी भनेर विश्वास गरे । आज ती सबै बाल्मिकीहरू रत्नाकरभन्दा भिन्न देखिएनन् । नागरिक निकासी गरेर, राष्ट्रिय सम्पत्ति र सम्पदा दोहन गरेर, नेपोटिजम हुर्काएर जुन राजनीति चलाइरहेका छन्, ती सबै रत्नाकर नै हुन् । जनताले कुनै रत्नाकर स्वीकार छैन भनेर ल्याएका र पाएका नेताहरू फेरि पनि रत्नाकर नै सावित भए । परिवर्तन पटक पटक आयो, जनताका लागि कौवालाई बेल पाकेसरह सावित हुनपुग्यो । यसकारण देशले अर्को परिवर्तनको शंखघोष गरेको छ । परिवर्तन बिना अस्तित्व संकटमा छ ।
फागुन २१ गते जनाधिकारको परीक्षण हुनेछ । जनताले खोजेको परिवर्तन र चाहेको नेता कस्तो हो ? देखिने छ । १६५ क्षेत्रको चुनावमा ३ हजारभन्दा बढी उमेदवार छन् । यो भनेको दूध र पानी मिसिएजस्तै हो । जनताले रजहाँस बनेर अधिकाधिक दूध छुट्याउनु पर्ने छ । अर्थात् रत्नाकर र बाल्मिकी छुट्याउनु पर्नेछ र बाल्मिकीलाई प्रतिनिधि छान्नुपर्नेछ । यसपटक पनि जनताबाट चुक भयो भने लामो समय पछुताउनुपर्ने छ ।
लोकतान्त्रिक गणतन्त्र आएको २० वर्ष भइसक्यो । यो समय जनताले अन्याय सहनुप¥यो, सकस बेहोर्नुप¥यो । आफ्नो परिवारसँग साथै बस्न पाएनन्, जनताका ससाना नानीहरू राज्यको गोलीको सिकार हुनुप¥यो । जेनजी विद्रोहले फागुन २१ को मौका दिएको छ । नेपालका बित्तपाते भईसकेका नेताहरू यसलाई अग्रगमन, प्रगती, नयाँ नेपाल र यस्तै यस्तै आगिन्ती भ्रम फैलाइरहेका छन् । यो भ्रमलाई चिर्ने र दूध पानी छुट्याउने जिम्मा जनताको हो । आफ्नो देशको अस्तित्व संकटमा परिसकेको छ । यो अस्तित्व बचाउने कार्य जनताको जिम्मेवारी हो ।