Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संविधान असफल, नेतृत्व असफल

२३ बिहिबार , माघ २०८२६ महिना अगाडि

संविधान असफल, नेतृत्व असफल

जनयुद्ध, जनआन्दोलन, संविधानसभा, संविधान सबै फेल भयो । नेता असफल भए । यी सबैलाई जेनजी आन्दोलनले धरासायी बनाइदिएको हो । भागभाग गराइदिएको हो । यसपछि संविधानविपरित आएको अन्तरिम सरकार र फागुन २१ को चुनावमा जेनजीको सपना पूरा गर्ने नयाँ नेतृत्व चयन हुनुपर्छ भन्ने लहर नै चलेको छ । तथापि एमालेका ओली, ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत, माओवादीका प्रचण्ड, माधव नेपालजस्ता (नेकपा) नेता चुनावी मैदानमा छन् ।
योगेश भट्टराई, प्रकाशशरण महत, नारायण खड्का, पूर्णबहादुर खड्का, देव गुरूङ, शेरबहादुर देउवा, डा.आरजु देउवा, रमेश लेखक, पशुपति शमशेर जबरा, अग्नि खरेल, विक्रम पाण्डे, पम्फा भुसाल, डा.प्रकाशशरण महत, धवलशमशेर राणा, झलनाथ खनाल, शशांक कोइराला, वामदेव गौतम, हरिबोल भट्टराई, बुद्धिमान तामाङ, गोकुल बास्कोटा, केशव थापा, कृष्णगोपाल श्रेष्ठ, गोपालमान श्रेष्ठ, गंगा तुलाधर, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, दिलेन्द्र प्रसाद बढु, धनराज गुरूङ, प्रकाशमान सिंहजस्ता नेताहरू किनारा लागेका छन् । जसले जनअपेक्षाअनुसार काम गर्न सकेनन्, भ्रष्टाचार र अपराधिकरणका मलामी गए, तिनको राजनीतिमा पूर्णविराम लागेको छ । परिवर्तन समयको माग हो, युवा र जनताको माग हो । यो परिवर्तनले जनआवाजको संवोधन गर्ने नयाँ विश्वास जगाएको देखिदैछ ।  – डा.विनिता