Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

शान्तिको सेता परेवा मार्ने भारत नै हो –४ –

२० सोमबार , भाद्र २०७३९ बर्ष अगाडि

 गणेशबहादुर ढुंगाना– गणेशबहादुर ढुंगाना बित्नुभो। उहाँको सम्झनामा उहाँभित्र देशभक्तिको चिन्तन कति थियो, उहाँले लेखेर जानु भएको  देशभक्तिपूर्ण लेख उहाँका परिवारबाट प्राप्त भएकोले श्रद्धाञ्जली स्वरुप प्रकाशित गरिएको छ । सं. 
२) आन्दोलनको सवाल– महात्मा गान्धीले बेलायती उपनिवेशलाई भारतबाट भगाउन 'भारत छोडो' आन्दोलन छेड्दा प्रयोग गरेका सूत्रहरु– शानित, अहिंसा, सत्याग्रह, शान्तिपूर्ण जनप्रदर्शन, अन्तर्राष्ट्रिय ध्यानाकर्षण तथा आदर्शहरुकै अवलम्बन जरुरी छ। भारतले सुनवाई नगरे नेपालले वैकल्पिक उपायको बारेमा सोच्न बाध्य हुनेछ। भारतले ००७ सालदेखि गर्दै आएको हस्तक्षेप, दमन र नेपालको ब्रम्हलूटको नीति भारतीय जनतालाई पनि सूचित गर्नुपर्छ। भारतले नेपालनीति स्वच्छ र सुफत, समानताको आधारमा घोषणा गर्नुपर्छ। नेपाललाई बुद्धको जन्मथलो शान्तिक्षेत्रकै रुपमा रहन दिने भारतीय कबुल आउनुपर्छ। १९५० लगायतका सबै असमान सन्धि, सम्झौताहरु परिवर्तन हुनुपर्छ। सबै दृश्य अदृश्य अवसथ्ा १९५० को सन्धि पुर्वको स्थितिमा लैजानुपर्छ। यसमा दुबै देशको दीर्घकालीन हित छ। नेपालका आन्तरिक मामिलामा खटनपटन गर्ने, निगरानी, हस्तक्षेप गर्ने सबै ज्यादति भारतले रोक्नैपर्छ। नेपाली मामिला नैपालीलाई नै छाडिदिनुपर्छ। भविष्यमा भारतले नेपाली भाडाका सेना खडा गरेर छलयुद्ध गर्नु हुन्न। नेपालमा आन्तरिक र बाह्य रुपमा धुरा हान्ने गठबन्धन खारेज हुनुपर्छ। नेपालमा सञ्चालित उग्र जातिवादी, बिखण्डनवादी, उग्रवादी र अपराधिक गिरोहहरुलाई भ्ाारतले संरक्षण दिन बन्द गर्नुपर्छ। सीमा नियमन र मैत्रीपूर्ण प्रवेशआज्ञा पत्र लागु गर्ने र पञ्चशीलका सिद्धान्तप्रति प्रतिवद्ध हुनुपर्छ। क्रमस..