Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

देउवासँग खुमबहादुर कायर, रामचन्द्र फायर

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

कांग्रेसको उपसभापति दिन्छु भन्ने देउवाले पार्टी चुनवामा खुमबहादुरको राम्रै उपयोग गरे। सभापतिमा चुनाव जितेर पार्टी सरकारमा समेत सामेल भइसक्दा पनि उपसभापतिमा नपत्याएपछि खुमबहादुर खड्का बोल बोल मछली मुखभरि पानी भएका छन्। 
उता बरिष्ठ नेता रामचन्द्रले ४० प्रतिशत भाग लिएर छाडे, आफ्ना मान्छेलाई मन्त्री पनि बनाए। तर पार्टी सभापति सिंगापुर भ्रमणमा जाँदा कार्यबाहक सभापति दिएर नगएका कारण रामचन्द्र पौडेल शेरबहादुर देउवासँग आक्रोसित छन्। यी दुई घटनाका सम्बन्धमा कांग्रेसभित्र चर्चा छ– देउवासँग खुम बहादुर खड्का कायर र रामचन्द्र पौडेल फायर भएका छन्। 
भनिन्छ, देउवा रामचन्द्रलाई होइन, खुमबहादुर खड्कालाई कार्यबाहक सभापतिको काम दिएर जानेवाला दिए तर विमलेन्द्र निधिले विरोध गरेका कारण देउवाले सभापति आफैले बोकेर गए, कांग्रेसलाई शुन्यतामा पारेर। पहिले सुशीलले जे गरे, देउवाले त्यही गरे। पार्टीमा कुनै समस्या पर्‍यो, निर्णय अथवा मत दिनुपर्ने स्थिति आयो भने सिंगापुर पुगेका सभापतिलाई फोन आदेश लिनुपर्ने सम्मको स्थिति आउनुले कांग्रेसभित्र मिलाप छैन, विश्वास छैन, भरोस पनि एकापसमा रहेन भन्ने सबैले खुलस्तै देखे। 
त्यसो त बालकृष्ण खाँडको नेतृत्वको निर्देशन समितिमा रामचन्द्र पौडेलको तीब्र असन्तुष्टि रहेको छ।  अधिवेशनपछि गुट सकियो, कांग्रेस एक भयो, एकताका साथ अघि बढ्छ भनेर देउवाले भाषण नै ठोके तर एकाध महिनामै र सरकारमा मन्त्री पठाउने सम्बन्धमा समेत गाँडफत्ते पर्‍यो। कांग्रेसभित्र झगडा थियो, झगडा छ, झगडा अझ चर्किने र गुटबाजी अझ बढ्ने देखिन्छ। कांग्रेस जति भत्किन्छ, फाइदा कमरेडहरुलाई नै हुने निश्चित छ।