१० वर्षे जनयुद्धमा १७ हजार मरे, मारिए, हत्या भयो। त्यत्रो जघन्य हत्याकाण्डका नायकको नेतृत्वमा सरकार बनेपछि त्यही पार्टीभित्रबाट आत्महत्यका स्वर गुञ्जिन थाल्नु आश्चर्य हो। भन्नलाई पाप धुरीबाट करायो पनि भनिन्छ।
प्रचण्डलाई नै आत्महत्याका धम्की? धम्की दिने माओवादी नेता हुन्– सल्यानका सांसद टेकबहादुर बस्नेत। उनले आफूलाई मन्त्री नबनाए बालुवाटारको ढोकैमा आत्महत्या गर्ने बताएका छन्। उनको आरोप छ सल्यानलाई बिभेद गरियो। यी सांसदले कृष्णबहादुर महरालाई बाँकी ७ पृष्ठमा उनले दोष दिएका छन्। अन्य माओवादी नेताले पनि आफूमाथि अन्याय गरेको आरोप छ उनको।
टेकबहादुरको यस्तो धम्कीले पेरिसडाँडादेखि बालुवाटार पनि तातेको छ। त्यसै पनि वैद्यलाई त्यागेर प्रचण्डका पछि लाग्न आएकी पम्फा भुसाल पनि प्रचण्डसँग असन्तुष्ट छिन्। उनले पनि अध्यक्ष प्रचण्डसँग महिलामाथि विभेद गरेको, महिलाको हक नदिएको र आफ्नो मूल्यांकन गर्न नसकेको असन्तुष्टि व्यक्त गरेकी छिन्। पम्फाले त यो सरकार धेरै नचल्ने डम्फुसमेत बजाएकी छिन्। यद्यपि उनी माओवादी केन्द्रकी प्रवक्ता पदमा रहेकी छिन्। माओवादीभित्र भुइँचालो गएको छ, त्यसमाथि मधेसी मोर्चाले कालोझण्डा देखाएर मैनवत्ती बालेर सरकारको सातो लिने कार्यक्रम सार्वजनिक गरिसकेका छन्। गरुन् त के गरुन् प्रचण्डले। उनी प्रधानमन्त्री भए त्यही ठूलो कुरा।


