Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

कति लोभी पूर्वराष्ट्रपति?

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

नेपाली नेताहरुलाई राज्यकोष भनेपछि चुस्ने, लुट्ने धन हो भन्ने लागेको छ। त्यसैले धनाध्ये नेताहरुले समेत आर्थिक सहायता लिइरहेका छन्, गरिब मरिरहेको उनीहरुले वास्तै गर्दैनन्। भन्नका लागि, भाषण गर्दा आफू जनताको, जनजिविकाको, विकासको लागि चिन्तित रहेको बताउँछन्। यथार्थमा नेताहरु शोषक, सामन्तभन्दा डरलाग्दा देखिदैछन् जनताका सामु। यसैको प्रभावले यस्तै स्वभाव देखाएका छन्– पूर्वराष्ट्रपति डा.रामवरण यादवले। \u000aडा. यादवलाई क्यान्सर रोग लागेछ, क्यान्सर अस्पताल भरतमापुरमा छ, तर उनले अमेरिका जाने इच्छा प्रकट गरे र सरकारसँग ३ करोड मागे। सामान्य नागरिकले क्यान्सरजस्ता असाध्ये रोग लाग्दा जे पाउने हुन्, त्यतिमात्र लिन्छु, देउ भन्ने नैतिकता रामनामीले देखाएनन्। आमनागरिक माथि यत्रो खेलबाड? 
पूर्वराष्ट्रपति अर्थात लामो समय देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेका व्यक्तिले आफूलाईमात्र होइन, छोरा डा.चन्द्रमाहेन र छोरी अनितालाई पनि सरकारले जातेआते खर्चमात्र होइन, भत्तासमेत चाहियो भनेपछि प्रधानमन्त्रीले दैनिक ३२ हजार भत्ता दिने निर्णय गरेका छन्। \
पूर्वराष्ट्रपतिको ज्यान महगो र आमनागरिकको ज्यान सस्तो हुने यो कस्तो लोकतन्त्र हो? तत्कालका लागि पूर्वराष्ट्रपतिको प्रोस्टेट क्यान्सरको उपचारका लागि प्रधानमन्त्रीले ६० लाखको निकासा गरिदिएका छन्। तैपनि पूर्वराष्ट्रपतिले मन दुखाए, पुग्दैन ३ करोड नै चाहिन्छ भनिरहेका छन्। सम्पत्तिको हिसावले अर्वपति हुन् डा.रामवरण। यस्ता डाक्टरले जनहित गर्नेरे? यस्तै नेताले देश बर्बाद पारे।