Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कांग्रेसको भावी प्रधानमन्त्री गगन

१४ मंगलबार , माघ २०८२एक महिना अगाडि

कांग्रेसको भावी प्रधानमन्त्री गगन

अदालतले संसद पुनस्र्थापना गर्ला कि भन्ने झिनो आशा राखे पनि शेरबहादुर देउवाको आसन खोसिइसक्यो, गगन थापा सभापति बनिसके । कांग्रेसले भावी प्रधानमन्त्री गगन थापा भनिसक्यो, सिङ्गो मुलुक निर्वाचनमय भइसक्यो । कांग्रेस हाउसदेखि चुनावी क्षेत्र क्षेत्रमा कांग्रेसीहरू ‘अबकी बार गगन सरकार’ भनेर नारा लगाइरहेका छन् । काठमाडौं ४ बाट सर्लाही झरेका गगन थापाको संकल्प छ– बदल्यौं कांग्रेस, बदल्छौ देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति । कांग्रेसमा गजधम्म बसेका देउवा कोटरीका अधिकांशलाई चुनावी टिकट नदिएका गगनले जेनजीको सपना पूरा गर्न धेरै नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छन् ।