
नेकपा माओवादीका महासचिव विप्लवले फागुन २१ को चुनावलाई संघर्षको क्रान्तिकारी मोर्चा भनेका छन् । विप्लवले स्वीकारेका छन्– निर्वाचनले देशभरि नै तरङ्ग उठाएको छ । क्रान्तिकारी शक्तिहरू देशैभरि संघर्षमा सहभागी भएका छन् भन्दै विप्लवको निष्कर्ष छ– निर्वाचन एउटा संघर्षको मोर्चा हो, चुनाव मुखमै आइसकेपछि तंरगित सपनासहित देशैभरी सहभागी भइरहेका छौं । विभिन्न ठाउँबाट संघर्ष गर्दैछौं । चुनावी मैदानको अग्रभागमा बसेर नेतृत्व गर्ने जिम्मा हामी सबैको हो । चुनाव हुन्छ कि हुन्न भन्ने बहस टुंगो लाग्यो, उतारचढावको अवस्थाले राज्य नै संक्रमणमा छ ।


