
फागुन २१ को चुनावमा नेपाली पार्टि लड्दैछन् कि विदेशी ताकत ? भन्नेहरू भन्छन्– सीआइए र रअ मात्र होइन, चुनावका लागि चिनियाँ पनि घुसिकेका छन् । यी बाहेक पनि अनेक विदेशी चाकतहरूले चुनावमा चलखेल गरिरहेको चर्चा व्याप्त छ । कतै यी विदेशी ताकतहरूको प्रतिस्पर्धामा हिंसा नबढोस् । विश्व राजनीतिमा झैं नेपालको चुनावमा पनि सीआइए आक्रामक रहेको अनुमान धेरैले गरेका छन् । अघिल्लो चुनावसम्म भारतको हैकम चलेकोमा फागुन २१ को चुनावदेखि भारत फिक्का परिसकेको आँकलन छ । सबैशक्ति एकातिर अमेरिका अर्कोतिर देखिदैछ । संसद पुनस्र्थापना, अवैधानिक सरकार भन्ने र मान्नेहरूसमेत अमेरिकी प्रभावका कारणले चुनाव चुनाव भनेर अघि सरेका छन् । गगन थापाको उदय पनि देउवा क्याम्प भारततिर बढी लहसिएकाले नै भएको हो । अब त पार्टी कार्यालयमात्र होइन, भावी प्रधानमन्त्री समेत गगन घोषित भइसकेका छन् । चुनावमा नयाँ सोचको उदय यसपटक देखि नै भएको हो । सुरूमा रास्वपाले रवि लामिछाने सभापति र बालेन साह भावी प्रधानमन्त्री घोषणा भएका थिए । कांग्रेसले त्यही रणनीति अपनायो । एमालेले भावी प्रधानमन्त्री केपी ओलीलाई घोषणा गरिसकेको छ भने यता नेकपाका संयोजक प्रचण्ड झन के कम ? चुनावबाट नेकपा ठूलो पार्टी बन्ने र आफै भावी प्रधानमन्त्री बन्ने बताइसकेका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा विदेशी घूसपैठ भएको थुप्रै चर्चा परिचर्चा भइसकेका छन् । त्यसपछिका परिवर्तित दृश्यहरूमा अमेरिकी प्रभाव बढी सकृय र आक्रामक देखिन्छ । यही प्रभावलाई निस्तेज पार्न रूस, चीन, भारतले आफ्नापक्षीय उमेदवार संख्या बढाएको बताइन्छ । खासगरी रास्वपाको बढ्दो दबदबा धान्न नसकेर र भावी दिनमा राष्ट्रपतिमा च्याँखे थाप्न गोरखा २ मा पहिलेदेखि भारतपक्षीय मानिएका डा.बाबुराम भट्टराईले समेत मैदान खाली गरिदिएका छन् । सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र भारत पक्षीय मानिएका अमरेशकुमार लड्दै छन् । अमेरिकी खेमाका मानिएका गगनसँगको प्रतिस्पर्धामा अमरेशलाई यो चुनाव फलामको च्यूराभन्दा साह्रो बनेको छ ।
मुख्य चुनाव अर्थात जेनजी आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको अवसान गरिदिएपछि हुनलागेको चुनावमा झापा ५ विश्व समाचार बनेको छ । यो चुनावमा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व राजधानीका मेयर बालेन साहवीच मुख्य टक्कर चलेको छ । विश्लेषकहरू भन्छन्– यो चुनाव नेपाली मनोविज्ञानको जनमत संग्रह हो र यो चुनावको नतिजाले चीन र अमेरिकावीचको टक्कर पनि देखिनेछ । वालेन साहलाई अमेरिकी लवीको मानिनु यसको कारण हुनसक्छ । तथापि झापा ५ को निर्वाचन परिणामले जेनजी आन्दोलन र तिनको मगपूर्तिको प्रत्याभूति पनि दिनेछ ।
यसपल्टको चुनावमा हरेक पार्टीले युवाहरूलाई बढी मौका दिएका छन् । देउवा खेमाका एकसेएक पुरानाहरू बेञ्चमा बसेर मतदातामा सिमित भएका छन् । भारतले ऋषि धमलालाई समेत रौटहटको चुनावमा प्रभु साहको पार्टिबाट उतारेको छ । पत्रकारबाट राजनीतिमा फाल हालेका ऋषि धमलालाई भारतले जिताउन सक्ला र ? सिधै हेर्दा भारत र अमेरिका नेपालको चुनावमा भिड्दैछन् । सार्वभौमिकता नेपालको, नागरिकता भारतको लिनेहरू धेरै चुनावमा छन् । भनिन्छ, नेपाल विकराल समस्यामा छ, चुनाव समाधान हुनसक्ने सम्भाबना कम छ । नेपालमा राजसंस्थाको आवश्यकता झन बढी देखिदैछ । भारत र चीन खुम्चिदा नेपाली आवश्यकतामाथि अमेरिकी विरोधको छायाँ पर्न पुगेको छ । कतिपय विश्लेषण्कहरू अमेरिकाको कारणले गर्दा राजतन्त्र पुनस्र्थापित हुन गाह्रो परेको हो भन्ने गरेका छन् ।
हरेकको निष्कर्ष छ, राजतन्त्र पुनस्र्थापना गर्न सकेको भए नेपाली एकता कायम हुनसक्थ्यो । सुशासनमा कायम हुन र अपराधिकरण शून्यतामा झथ्र्यो । यो बिकराल समस्याबाट बिस्तारै मुक्ति पाउन सकिने थियो । जे महत्वको थियो, त्यो छायाँमा पारियो । अरू त अरू राजतन्त्त र हिन्दुराष्ट्र भनेर नथाक्ने राप्रपाजस्ता पार्टी र अभियन्ताहरूसमेत थाकेर सुसाउन थालेका छन् । यो तरिकाले नेपालको साख गिर्दो छ, नेपालको अस्तित्व संकटमा बेरिदै र बटारिदै गएको छ ।
राजनीतिमा शेरबहादुर देउवा प्रवृत्ति ब्याकबेञ्चर बन्नपुग्यो । युवाले मौका पाए । चुनावमा बालेन, सुदन गुरूङ, गगनहरू छाए । यो चुनावमा आन्तरिक शक्तिको प्रतिस्पर्धा हुनसकेको भए, जेनजी आन्दोलन सफल मानिन सक्थ्यो । यसमा चुक देउवा, ओली, प्रचण्डहरूकै छ । देउवा थन्किए, प्रचण्ड र ओलीलाई यो चुनावबाट किनारा लगाउन सके नयाँ पुस्ता आउने थियो र नयाँ पुस्ताले विदेशी शक्तिलाई न्यूनिकरण गर्न जनताको दबाबमा सफल भए भने नेपालीत्व रहने र नेपाली सार्वभौमिकता बलियो पनि हुनसक्नेछ । यसका लागि नयाँ पुस्ताले परम्परागत राजनीतिक शक्तिलाई पनि यथास्थानमा दिन अग्रसर हुनैपर्छ ।
आन्दोलन भयो, नयाँ नेता जन्मिने क्रममा छन् । तिनलाई माटोको महत्व सम्झाउन सकियो भने जनताको जित हुनेछ । यही शिक्षाले भ्रष्टाचारको न्यूनिकरण, सुशासन र समानता कायम हुनसक्छ । जनताको निर्णायकत्व चुनावमा देखिनैपर्छ ।


