Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

अलि हजम भएन प्रचण्डजी

१३ सोमबार , भाद्र २०७३९ बर्ष अगाडि

वाशुदेव वाग्ले - तपाईलाई हाजमोला खुब मनपर्दो रहेछ। हाजमोला मेड इन इण्डिया हो। हाजमोला जे खायो पचायो। पचाउला प्रचण्डलाई, जनतालाई पाच्य भएन। प्रचण्डले कमरेड महरालाई चीन र कांग्रेस निधिलाई विशेष दूतका रुपमा भारत पठाउनु नै हजम भएन। किनभने कमरेड देखेर चीन खुशी हुने र कांग्रेस आएकोले भारत खुशी हुने परराष्ट्रनीति होइन नेपालको। यस्तो केटाकेटीपनले नेपालको परराष्ट्रनीति बलियो होइन, फितलो देखिन्छ, देखियो।

र, भदौ ३० देखि असोज १ गतेको ३ दिने भारत भ्रमणको खुलासा परराष्ट्र मन्त्रालयले गर्नुपर्थ्यो। विदेश जाउ, सम्बन्ध सुधार तर दिल्लीले भ्रमण तालिका निकालेपछि यसको अर्थ के लाग्छ, के लाग्यो? यो चाहिं हजम भएन। स्वाधीनताको निकै डिङ हाँक्ने पुष्पकमल दाहालले प्रधानमन्त्री पाउनासाथ दिल्लीलाई यसरी नेपालको सर्वाभौमिकता खुम्च्याउन पाउने अधिकार कसरी दिन पुगे? प्रचण्ड नेपालका प्रधानमन्त्री, हामी नेपालीका गौरव प्रधानमन्त्री, उनले आफूलाई भारतको प्रान्तको मुख्यमन्त्रीको दर्जामा यसरी झर्नु हुन्थेन। तपाईले त नेपाल र नेपालीकै अपमान गरिदिनुभो। यो चाहिं कुनै नेपालीलाई हजम भएन है प्रचण्डजी।