Advertisement Banner
Advertisement Banner

०९ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

देउवा उठेनन्, आरजु आउट, पूर्णबहादुरका भाइ

०६ सोमबार , माघ २०८२३ दिन अगाडि

देउवा उठेनन्, आरजु आउट, पूर्णबहादुरका भाइ

गगन थापाले सही गरेर दिएको टिकट नलिने निधो गरेर देउवा चुनावमा उठेनन् । आरजुलाई टिकट दिइएन, पूर्णबहादुर आफू उठेनन, भाइलाई उठाएका छन् ।
कैलालीबाट चुनाव उठ्ने निधोमा पुगेकी डा.आरजु देउवालाई कांग्रेसले कैलीली ५ बाट टिकट नदिने निर्णय गरिदियो । टिकट नरनारायणले पाएका छन् । कांग्रेसका कार्यवाहक सभापति भनेर देउवाको छायाँ बनेर आधिकारिकता गुमाएका पूर्ण बहादुर खड्काले भाइलाई उठाएका छन् । उनले चुनावमा पार्टी प्रचार–प्रसारमा सक्रिय हुन्छु भन्ने निर्णय सुनाएका छन् । खड्काले पार्टीमा योगदान दिन गरेको निर्णयलाई हरुवा गोरुको छेरुवा दाउ भनेर टिप्पणी भएको सुनिन्छ । यद्यपि देउवा खेमाका प्रकाशशरण महतले भने नुवाकोट १ बाट टिकट पाएका छन् । देउवाले लखेटेका मिनेन्द्र रिजाल मोरङबाट लड्ने भएका छन् ।
कांग्रेसका शेखर कोइराला फेरि मोरङमा खडा भएका छन् ।