Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दुर्गा प्रसाई फेरि पक्राउ

०६ सोमबार , माघ २०८२७ महिना अगाडि

दुर्गा प्रसाई फेरि पक्राउ

निर्वाचन आयोगले पक्राउ गर्न अनुरोध गरेपछि विवादास्पद भिडियोको कारण देखाएर चर्चित भुइँमान्छे अभियन्ता तथा मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई पोखराबाट पक्राउ परेका छन् । चुनाव हुनै नदिने भन्न थालेका दुर्गा प्रसाईलाई अब चुनाव अवधिभर रिहा गर्ने लक्ष्यण देखिदैन । साइबर ब्यूरो र प्रहरीले उनीमाथि छानबिन थालेको बताएको छ । विशेषत प्रसाईले एक भिडियोमा कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्णय आफ्नो पक्षमा पारेको बताएका थिए । आयोगले यस आरोपलाई भ्रामक र आधारहीन भन्दै उनलाई पक्राउ गर्न भनेको थियो । प्रसाईमाथि निर्वाचन कसुरसम्बन्धी ऐन तथा मुलुकी फौजदारी संहिताअन्तर्गत कारबाही हुनसक्छ ।