Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

गगन नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा

०२ बिहिबार , माघ २०८२१२ घण्टा अगाडि

गगन नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा

दाेश्राे विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा पुगेकाे छ । उनीहरू विशेष महाधिवेशन पछिकाे पहिलो बैठककाे निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि निर्वाचन आयोग पुगेका हुन् ।

नवनिर्वाचित सहमहामन्त्री डिला संग्रौलाले आजको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि आफू निर्वाचन आयोग आइपुगेको र सभापतिसहित पदाधिकारीहरू आउनेक्रममा जारी रहेको जनाइएकी छन् ।

यता काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले हिजै आफ्ना धारणासहितको पत्र आयोगमा दर्ता गराइसकेको छ । दर्ता गराइएकाे उक्त पत्रमा काँग्रेसको विशेष महाधिवेशन नभएको विवरण उल्लेख गरिएकाे छ ।