Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पृय साथिहरु जय नेपाल,

०१ बुधबार , माघ २०८२७ महिना अगाडि

पृय साथिहरु जय नेपाल,

हाम्रोे देशको राजनीति र अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा गुज्रिएको छ। देशको मेरुदण्ड मनिएको शक्ती नेपाली काँग्रेस भित्र आज जुन दृश्य र मनोभावना विकसित भएको छ(यसले पक्कै पनि सुखद् बिहानीको संकेत गरेको छैन। १०४ बर्ष देशमा रजगज गरेको जशानिया राणा शासनको कठिन अवस्थामा स्थापना भएको नेपाली काँग्रेस पार्टीले प्रजातन्त्रको पक्षमा मात्र होइन राष्टको जग हल्न लाग्दा देश लाई अडिक र मजबूत बनाएको इतिहाँस हाम्रो सामु छ। नेपाली कांग्रेस पार्टीले निर्वासित राजालाई राजगद्दीमा मात्र फर्काएन(इष्टइण्डियाकोे बाघपञ्जा बाट नेपाल राष्ट्र जोगाएको इतिहाँस सप्रमाण छ। त्यसैले त यो पार्टी देशी(बिदेशी शक्ती केन्द्रको आँखाको कसिङ्गर बनिरहेको छ। आजको दिनमा हामिले धेरै कुरा गरेर केहो फाइदा छैन, राम र रावणको कथा सुने हून्छ(हाम्रोे देश किन कमजोर भयो भनेर बुझ्न।

पृय साथिहरू कठिन अवस्थामा हामिले मन खोलेर दिल समालेर हातेमालो गर्नै पर्छ। यो बेला घर छोडेर हिँड्ने वेला होइन( घर जत्रो छ, जस्तो छ(त्यसैमा ओत लागेर हामी हाम्रोे देश जोगाउने कार्यमा लाग्नु पर्छ। देश रहे नै हाम्रो पार्टी रहने हो (हामी रहने हौ। हाम्रोे देशमा अत्यन्त डरलाग्दो किसिमको बाहिरी हस्तक्षेप भइरहेको कुरा लाई हामिले बुझ्नै पर्छ( त्यसै कारण बाट हाम्रोे देशको राजनीति अत्यन्त दुर्बल भएको छ।
यस्तो बेलामा हामि जिम्मेबार राजनीतिक पार्टीका मान्छेहरुले राजनीतिक लाभ खोज्न तिर होइन( देश जोगाउन तिर लाग्नु पर्छ।  
पृय साथिहरू, म नेपाली काँग्रेसको जिम्मेबार निकायप्रति अनुरोध गर्न चाहान्छु(क्षणिक उत्तेजनामा आएर अप्रिय निर्णय नलिनु होला। जिम्मेबार अभिभावकले ऐन मौकामा अफ्ना अबोध बालबालिकाले ईच्छा गरेको कार्यमा पनि ध्यान दिनु पर्छ र उनी हरुलाई हौसला प्रदान गरी रहनु पर्छ ९यसो भनी रहँदा नेपाली काँग्रेसलाई कमजोर बनाउने शक्ती खुशी नहुनु०। यहिनै पुस्तान्तरण र नेतृत्व परिवर्तनकोे अनुपम उपहार हो। पुनश्चस् सम्पूर्ण साथीहरुलाई पार्टिको मूलधारमा समाहित भएर(देशलाई शिरमा बोकी आम निर्वाचनको माध्यमबाट देशको राज्य सत्ता समाल्ने शक्ती सञ्चयमा लाग्नु हुन अनुरोध गर्दछु। जय नेपाल