
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुँदैछ । आजदेखि सुरु भएर दुई दिनसम्म चल्ने विशेष महाधिवेशनकाे उद्घाटन गर्नु अघि जुलुस प्रदर्शन गर्ने तयारी गरिएकाेा छ ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायत स्थानबाट जुलुस निस्किने र उक्त जुलुस त्यसपछि कार्यक्रमस्थल भृकुटीमण्डपतर्फ अघि बढ्ने बताइएकाे छ ।
महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु हिजाे शनिबार नै काठमाडौं आइसकेका छन् । अहिले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले भृकुटीमण्डपमा नाम दर्ता गराउन सुरु गरेका छन् भने महाधिवेशन प्रतिनिधिहरुलाई एक हजार शुल्क तोकिएको छ ।


