Advertisement Banner
Advertisement Banner

२६ शनिबार, पौष २०८२9th January 2026, 2:05:00 am

काँग्रेसका कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

२५ शुक्रबार , पौष २०८२१९ घण्टा अगाडि

काँग्रेसका कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यहि पुष २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र बनाएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

यता विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्ला सभापतिहरु खुल्न लागेपछि संस्थापन पक्ष दबाबमा परेको छ ।