Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

२३ बुधबार , पौष २०८२७ महिना अगाडि

मन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सरकारको प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन राप्रपा अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका हुन् ।

बिहान ललितपुकाे लुभु लामाटारसिथित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको मन्त्री खरेलले जानकारी दिएका छन् । भेटमा निर्वाचनका लागि राप्रपा प्रतिबद्ध देखिएको समेत उनले जनाएका छन् ।

यसअघि निर्वाचनको वातावरण तयार गर्नका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलगायतसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।