
फागुन २१ को चुनावमा नेपाल प्रहरी, सशस्त्रले आफ्नो जिम्मेवारी पूरा गर्नेछन् । यी दुबै सुरक्षा निकायलाई मजबुत पार्ने र निष्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न गराउन ८० हजार सेना परिचालन गरिने भएको छ ।
निर्वाचनको सुरक्षाका लागि ८० हजार सेना खटिएपछि कुनै पनि अपराधिक र हिंसात्मक घटना हुनसक्ने देखिदैन । एयरपोर्ट, कारगार, प्रतिष्ठान, उमेदावार, पार्टीका प्रतिनिधि, मतदान केन्द्र, मतदाता, मतपेटिकाको सुरक्षाका लागि समेत सेनाले योजना तैयार गरेको छ । यो जानकारी नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले दिएका छन् । आफूले पाएको कार्यादेशअनुसार जहाँ जहाँ संवेदनशीलता छन्, त्यहाँ त्यहाँ सेनाले बेश खडा गर्न थालिसकेका छन् ।
सेनामा मात्र होइन, सशस्त्र, प्रहरी र डेढलाख म्यादी प्रहरीसमेत भर्ना गर्ने र चुनाव केन्द्रीत सुरक्षालगायतका तालिम, अन्तरसम्बन्धका विषयमा योजना बनाउन थालिएको छ । सेनाका प्रवक्ताका अनुसार ‘एकीकृत सुरक्षा योजना अनुसार नै हामी एक महिना पहिलेबाट मात्रै फिल्डमा खटिन्छौँ ।’ नेपाली सेनाप्रति जनताको भरोसा भएकाले चुनावमा कुनै प्रकारको असुरक्षा हुन नसक्ने विश्वास बढेको छ ।
जनपथ, सशस्त्र र राष्ट्रिय अनुसन्धानका सुरक्षा जनशक्तिलाई चुनावमा के कसरी खटाउने, कसकसलाई कस्तो जिम्मेवारी दिने भन्ने विषयमासेनालाई जिम्मेवारी हस्तान्तरण गरिनेछ । यसका लागि सुरक्षा समन्वयको जिम्मा सेनाले लिनेछ ।
चुनावको सुरक्षामा अनुभवी सेनाले अन्तिम सुरक्षाघेरा र रणनीति बनाउने छ । यसपल्टको चुनावमा ६४ पार्टीले ५८ चुनाव चिन्हमा चुनाव लड्ने छन् । मतदाता सूची, मतपत्र छाप्ने, समानुपातिकलाई अन्तिम रूप दिने र फागुन १२ भित्रै जिल्ला जिल्लामा पु¥याउने कार्यमा निर्वाचन आयोग लागिसकेको छ ।


