Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीहरूले खाए सपथ

२२ मंगलबार , पौष २०८२६ महिना अगाडि

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीहरूले खाए सपथ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले नयाँ आठ जना मन्त्री र दुई राज्यमन्त्री सहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पुनर्गठित नयाँ आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए भने दुई राज्यमन्त्रीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  

नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रीमा भीम पराजुली, आन्तरिकमामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर लिम्बु रहेका छन् ।  

त्यसैगरि उद्योग कृषि तथा सहकारी मन्त्रीमा इजारयल मञ्सुरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्रीमा शोभा पालुङ्वा लिम्बु नियुक्त भएकी छन् ।