Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, पौष २०८२9th January 2026, 2:05:00 am

प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मत्रपत्र छपाइ सुरु

२२ मंगलबार , पौष २०८२२ दिन अगाडि

प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मत्रपत्र छपाइ सुरु

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मत्रपत्र छपाइ सुरु भएकाे छ । पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएकाे छ ।  

प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि नमुना मतपत्र छपाइ सुरु भएकाे र आज र भोलिमा नमुना मतपत्र छपाइ सकिने जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले जनाएका छन्  । उनले १० लाख नमुना मत्रपत्र छपाइ हुने समेत बताएका छन् ।

त्यसैगरि सामानुपतिकको नमुना मत्रपत्र छपाइ पुष २४ गतेबाट हुने केन्द्रले जनाएको छ । सामानुपतिकका लागि करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुने छ भने समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् ।

बन्दसूची बुझाएका मध्ये १० वटा दलले एकल चुनाव चिन्हमा प्रतिस्पर्धा गर्नेछन् भने समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह रहने बताइएकाे छ ।