Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सर्वोत्कृष्ट करदाताको उपाधीमा एनसेलको निरन्तर्ता

०८ बुधबार , भाद्र २०७३९ बर्ष अगाडि

चौथौँ पटक सबभन्दा ठूलो करदाता बन्ने निश्चित प्राय 
लगातार तीन पटक सर्वोत्कृष्ट करदाताको उपाधी हात पारिसकेको एनसेलले चौथौँ पटकपनि यो उपाधी हात पार्ने निश्चित प्राय भएको छ। कम्पनीले आर्थिक वर्ष २०६९/२०७०, २०७०/२०७१ र २०७१/२०७२ मा लगातार तीन पटक सबै भन्दा बढि कर तिर्दै सर्वत्कृष्ट करदाता बनिसकेको छ।  
सरकारी स्रोतका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२/७३ मा रु २८ अर्व भन्दा बढि राजश्व सरकारलाई बुझाएको छ। यद्यपी कर कार्यलयबाट भने कुन कुन कम्पनी अथवा करदाता आर्थिक बर्ष २०७२/७३ को उत्कृष्ट करदाताहरुको सूचीमा परेका छन् भनेर आधिकारीक रुपमा सार्वजनिक हुन बाँकी छ। 
आर्थिक वर्ष २०७१/७२ मा पनि एनसेलले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो। गत आर्थिक वर्षमा एनसेलले रेनोल्ड्सको शेयर कारोबार बापत टेलियासोनेराको तर्फबाट झ48डै रू. १० अर्ब कर पनि दाखिला गरेको थियो। यसले गर्दापनि कम्पनीले तिरेको करको रकम एकदमै बढेको कर अधिकारीहरुले बताएका छन्। 'एनसेलनै एक नम्बर करदाता हुने पक्का देखिएको छ। तर हामीले गर्न पर्ने अन्य हिसाबहरु बाँकी नै छन्। सधै झै दोस्रो स्थानमा नेपाल टेलिकम र तेस्रोमा सुर्य नेपाल रहने पनि प्राय निश्चित छ,' आन्तरिक राजश्व विभागका एक अधिकारीले बताए। लेखा परिक्षण प्रतिवेदन बुझाउने समयावधि अझै बाँकी रहेकाले कुन करदाताले कति कर तिर्यो भन्ने औपचारिक जानकारी आउन समय बाँकी रहेको छ।  
कर दाखिलाको हिसाब हेर्दा नेपाल टेलिकम भन्दा एनसेल झ48डै रु १५ अर्व बढि कर तिरेर अग्रणी स्थानमा रहने देखिएको जानकारी दिइएको छ। आन्तरिक राजश्व विभागले राख्ने करको हिसाबमा टेलिकम कम्पनीहरुले तिर्ने लाईसन्स नविकरण शुल्क र ग्रामिण दूरसञ्चार कोषमा गरिएको योगदान लगायत भने समाबेश गरिएको हुदैन।  
एनसेलले सरकारलाई आफ्नो अनुमति पत्र नविकरण दस्तुरको किस्ता रू. २.५ अर्ब प्रत्येक आर्थिक वर्ष सकिनु अगावै तिर्दै आएको छ। त्यसै गरी दुरसञ्चार कम्पनीहरुले आफ्नो वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम ग्रामिण दूरसंचार कोषमा बुझाउदै आएका छन्।  गत वैशाखमा एनसेलले आफुले सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टि र कर अर्न्तगत हालसम्म झ48डै रु १२९ अर्ब योगदान गरेको जनाए थियो। साथै, दीर्घकालिन तथा प्रतिबद्ध लगानीकर्ताका रुपमो आउँदा वर्षहरुमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणी स्थान कायम राख्ने ल73य कम्पनीको रहेको बताएको थियो। लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ। 
 सरकारलाई आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबै भन्दा बढि आयकर दाखिला गर्ने कम्पनीका रुपमा  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले एनसेललाई प्रतिष्ठित सम्मान 'व्यावसायिक महत्वपूर्ण व्यक्ति' अर्थात कमर्शीयल्ली ईम्पोर्टेन्ट पर्सन (सीआईपी) प्रदान गर्ने प्रस्ताव समेत पेश गरिसकेको छ। यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने विभिन्न आर्थिक क्षेत्रमा संलग्न व्यवसाय तथा व्यवसायीहरुलाई प्रदान गरिंदै आएको छ।