Advertisement Banner
Advertisement Banner

१६ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राष्ट्रिय सभा गृहमा राजेन्द्र लिङ्देन र कमल थापा मिल्दै

१६ बुधबार , पौष २०८२६ घण्टा अगाडि

राष्ट्रिय सभा गृहमा राजेन्द्र लिङ्देन र कमल थापा मिल्दै

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता हुँदैछ । दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम आयोजना गरिएको हाे ।

केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच दुईबुँदे सहमति भएपछि एकीकरण प्रक्रिया अघि बढेको थियाे । उक्त सहमतिलाई राप्रपा नेपालको बैठकले हिजाे अनुमोदन गरेको छ ।

यसअघि लिङ्देनसँगको आन्तरिक प्रतिस्पर्धामा पराजित भएर पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामा फर्कन लागेका हुन् । एकीकरणसँगै अध्यक्ष लिङ्देनले राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक हैसियत प्रदान गरिने जनाएका छन् ।

यता आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनलाई मध्यनजर गर्दै तत्काल पदको प्रतिस्पर्धाभन्दा संगठन मजबुत बनाउने रणनीति अपनाइएको र पार्टीको महाधिवेशन ६ महिना पर सारिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जनाएका छन् । विभाजित राप्रपा पुनः एक ठाउँमा फर्कन लागेको यो घटनालाई राजनीतिक रूपमा महत्वका साथ हेरिएको छ ।