Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चुनाव गोरू जुधाइभन्दा कडा हुँदै

१५ मंगलबार , पौष २०८२७ महिना अगाडि

चुनाव गोरू जुधाइभन्दा कडा हुँदै

एमाले अध्यक्ष केपी ओलीले चुनावमा सहभागी हुनका लागि निर्वाचन आयोगमा बन्द सूची बुझाउँदै र कांग्रेससँग गठबन्धनका लागि घनिभूत छलफल अगाडि बढाए पनि निर्वाचनको वातावरण बनेको छैन, एमालेको जोड संसद पुनस्र्थापनामा  नै हुनुपर्छ भनेका छन् । पहिले छानबिन आयोगमा वयान दिन्न, गोली ठोक, यो अवैधानिक सरकार, निर्वाचन हुँदैन भन्ने एमाले अब आफ्नै अभिव्यक्ति तोड्न पुगेका छन् । तथापि उनी स्थानहद रेखा नाघ्ने हिम्मत गरिरहेका छैनन् ।
यसैवीच राष्ट्रपति पहिलकदमीमा प्रधानमन्त्री, माओवादी, कांग्रेस, एमालेवीच निर्वाचनमुखी भेटवार्ता र छलफल भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सुरक्षाको वातावरण बने निर्वाचनमा जाने, अन्य दल पनि जान तैयार रहेको बताए भने १६ कम्युनिष्ट पार्टीको नेता बनेका प्रचण्डले आफू पनि निर्वाचनका लागि तैयार रहेको जनाउ दिएका छन् । अब निर्वाचन हुने सम्भाबना बढेको छ ।
फागुन २१ को चुनाव साख र विश्वसनीयता गुमाएका पुराना ठूला तीन दल र नयाँ विश्वासको जग बसाल्न तम्सेका नयाँ पुस्तावीच प्रतिस्पर्धाको माहोल बन्दै गएको छ । हरेक वर्ष माघे संक्रान्तिका दिन नुवाकोटको तारूकेमा जसरी गोरू जुधाइको पर्व मनाइन्छ, यसपटकको चुनाव पनि त्यस्तै पर्व हुनेवाला छ ।
मुख्य सवाल भनेको फागुन २१ को चुनाव जेनजीको एजेण्डा, परिवर्तन, सुशासन, भ्रष्टाचारमाथि कारवाही, राजनीतिक मुद्दाहरूको छिनोफानोका रूपमा हुन्छ कि हुँदैन भन्ने हो । यसको निर्णय निर्णायक जनताले गर्ने अपेक्षा गरिदैछ ।