
फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव प्रचारका क्रममा १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न निषेध गरेको छ । राष्ट्रिय झण्डामा निषेध गर्नुपर्ने कारण भने आयोगले खुलाएको छैन ।
प्रमुख निर्वाचन आयुक्तविहीन नै चुनाव हुँदैछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धर्मको नाममा चुनाव प्रचार गर्न निषेध गर्नु बुझेन सकिन्छ, राष्ठ्रिय झण्डामा किन आपत्ति ? चुनाव प्रचारप्रसार क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट हुनु स्वभाविक हो । पार्टीका झण्डा जति पनि फहराउन पाइने, राष्ट्रिय झण्डा भने १० थानमात्र ? यो कस्तो आचारसंहिता हो ? भनेर प्रश्न उठेको छ । राष्ट्रिय झण्डा फहराउँदै कुनै पनि दल वा उमेदवारवीच बिबाद हुनुपर्ने कुनै सम्भाबना नै छैन भने यस्तो विषयमा पनि सीमा, बन्देज ? आश्चर्य छ ।


