Advertisement Banner
Advertisement Banner

०६ सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन

१४ सोमबार , पौष २०८२२१ दिन अगाडि

समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन

आज प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन हाे । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आजसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेश गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने र पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका रहेकाे आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् ।

त्यसैगरि पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरेपछि माघ ४ गते बन्द सूची प्रकाश गरिने बताइएकाे छ । आयोगले माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।