Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

माओवादीभित्र कुकुर र छाडा साँडे

०६ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

वाशुदेव वाग्ले - माओवादी सत्तामा गयो कि मात्तिन्छ, सही कुरो सुन्नै सक्दैन, आततायी बनिहाल्छ भन्ने अर्को दृष्टान्त फेरि देखिएको छ। अखिल क्रान्तिकारीकी सदस्य सावित्री सुवेदीले प्रचण्डपुत्र प्रकाशलाई छाडा साँढे, सगरमाथा चढ्ने निहुँमा अर्काकी स्वास्नी भगायो, एउटीलाई बच्चासमेत लत्यायो, यस्ता व्यक्तिले गाईको रक्षा कसरी गर्छन्? भनेर सामाजिक सञ्जालमा लेखेबापत माओवादीले उनलाई निस्काशन गरिदिएको छ। यो निस्काशन काण्ड खुब चर्चामा छ अहिले।

यतिमात्र होइन, प्रकाश पक्षका चाकरीवाजहरुले प्रकाशलाई यसरी गाली गर्नेहरुलाई कुकुर भनेर लेखेका छन्। क्या गजब छ, माओवादीको लीला। माओवादीको लोकतान्त्रिकरण र लोकतान्त्रिक अभ्यास। स्मरणीय छ, प्रचण्ड पुत्र प्रकाश अहिले प्रचण्डकै सचिव नियुक्त भएका छन्। बाबु प्रधानमन्त्री, छोरो गाईको फार्म चलाउँदै थिए, सचिव भएर राजनीतिक करिडरमा आएका छन्।

प्रकाशले बहुविवाह गरेको विषय लामो समयदेखि चर्चामा छ। प्रकाशले पहिली श्रीमती त्यागेको, नातीले हजुरबासँग पढ्न पाउँ भनेको, अर्काकी श्रीमती ल्याएको विषय राजनीतिक विषय बनेको छ। नेपालको कानुनले बर्जित विषय भएकाले पनि प्रकाश चर्चामा आएका हुन्। उनले कामभन्दा नकाम बढी गरेका छन्। हुन त माओका चारथान श्रीमती थिए, प्रकाशका चार पुगेका छैनन् क्यारे भन्नेहरु पनि माओवादीका हाइकमाण्डमै छन्। हेरौं आगे आगे के के हुन्छ?