Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दुई पूर्व गभर्नर शंकास्पद

०६ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

हिमालय शमशेर जबरा, नेपाल राष्ट्र बेंकका पहिलो गभर्नर। उनले आफ्नै नाम मिलाएर हिमालयन बेंक स्थापना गरे र आफ्ना छोरालाई सुभरभाइजरमा भर्ति गरेर वैंकिङ सिकाए। राणा शासन समाप्त हुँदा नेपाल छाडेर लण्डन भागेका छोरा अशोक शमशेर जबरालाई त्यही हिमालयन बैंकको सिइओ बनाए। हिमालय शमशेरका सामु अरुको के चल्छ? अशोक राणाको ६ वर्षदेखि एकछत्र राज्य चलिरहेको छ हिमालयन बैंकमा। उनले राष्ट्रबैंकको निर्देशन र आर्थिक नियमावलीसमेत अवमान्ना गरिरहेका छन्। ठूलै विवाद छ राष्ट्र बैंकमा। राष्ट्रबैंकले दुई महिना महिना हिमालयन बैंकमाथि एक करोडको जरिवाना तोक्यो। किन? करोड जरिवाना गर्नुपर्ने आर्थिक अपराध के के हुन्? नेपाल

राष्ट्रबैंकले अझै खुलासा गरेको छैन। बाहिर आएको कुरो राष्ट्र बैकको नीतिनिर्देशन उल्लंघन गरेको भनिएको छ। सबै वाणिज्य, वित्तीय र फाइनान्स कम्पनीहरुले केही न केही निर्देशन उल्लंघन गरेकै छन्, सबैलाई किन जरिवान ागरिएन? यसकारण शंका छ, पहिलो गभर्नरले खोलेको बैंक हिमालयनभित्र उनका छोरा अशोक राणाले गम्भीर आर्थिक गरेको हुनुपर्छ। जुन अपराधलाई गभर्नर चिरञ्जीवी नेपालले लुकाएका छन्। खुलासा गर्न चाहेका छैनन्।

अर्का पूर्वगभर्नर हुन् डा.तिलक रावल। उनी पोलिमार (प्लास्टिक)को नोट छपाईको घोटालामा फसेका छन्। उनी आफू उम्किनका लागि पूर्वराजाको आदेशमा निर्णय लिएकोसम्म भन्न पुगेका छन्। उनी गभर्नर भएकै समयमा उनका छोराले सहकारी वैंक ठगेर भागेका थिए, जसको मुद्दा अझै कायमै छ। पोलिमार नोटको घोटालामा दागी भएपछि तिलक रावल बिधि पुर्‍याएर छापिएको बताइरहेका छन्। रावल यतिखेर आफ्नो वैंक खाताको कुरा गरेर सबैले जाँच गर्नसक्ने हवाला पनि दिइरहेका छन्। तर, रावल सिआइवीको चंगुलमा परिसकेका छन्। यही चंगुलमा अष्ट्रेलियन पोलिमार नेाट छपाई एजेन्ट हिमालयबहादुर पाण्डे पनि फस्न पुगेको खबर छ। अष्ट्रेलियन कम्पनीले डा. तिलक रावललाई पोलेका छन्, घूस दिएको र रावलले घूस खाएको आरोप पनि लगाएका छन्।