Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नक्कली डाक्टरपछि हेलमेट प्रोफेसर

०६ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

झोलामा खोला हालेर हिड्ने दलालहरुले नेपाललाई लोडसेडिङमा पारेका छन्। झलमल्ल हुनुपर्ने नेपाल अन्धकारमा छ। झोलामा स्कूल र खेताला माष्टर राखेर सरकारी अनुदान लुड्याउनेहरुले पनि जनतालाई ठग्न बाँकी राखेनन्। पाइलट, डाक्टर, नेता नक्कली प्रमाणित भइरहेका बेलामा हेलमेट प्रोफेसरको चर्चा बढेको छ।

भावी पुस्तालाई नैतिक शिक्षा दिएर इमानदार बनाउने दायित्व बोकेका माष्टर र प्रोफेसर नै डुङडुङ्ती गनाउन थालेपछि देशको भाग्य र भविष्य कस्तो होला? त्रिवि र अन्य विश्वविद्यालयमा हाजिर गरेर तलव लिने प्रोफेसरहरु निजी कलेजहरुमा धाएर पढाउने र कमाउने धन्दा चलाइरहेका छन्। तिनीहरुको रेखदेख सुरु भएपछि व्यापक रुपमा त्यस्ता प्रोफेरहरुको पहिचान भएको छ। तिनीहरुलाई हेलमेट प्रोफेसर भनेर कारवाही प्रक्रिया पनि सुरु गरिएको हो। तर ठूला पार्टीहरुले कारवाही रोक्न दबाब दिएपछि हेलमेड प्रोफेसरहरुको खाइपाई आएको सरकारी तलव र निजी कलेजमा पढाएर थप कमाई गर्ने धन्दा जारी छ। यस्ता हेलमेट प्रोफेसरले कस्तो नैतिक शिक्षा देलान्? ठगले ठग विद्या सिकाउला कि इमानदार बन्न?

रहेन मिसावट नभएको र स्वच्छ केही पनि रहेन। मुलुकमा जुनसुकै क्षेत्रमा पनि यसैगरी बिकृति र विसंगति बढिरहेकै छ। राजनीति अस्वस्थ र अनैतिक भएपछि केही पनि स्वस्थ र नैतिक रुपमा नरहने रहेछ। मूल खराव भएपछि बहाव खरावै हुन्छ भनेको हेलमेट प्रोफेसरले देखाइदिए। स्वास्थ्य क्षेत्रमा जति भ्रष्टाचार कतै देखिदैन। शिक्षाको हालत यस्तो छ भने अन्य क्षेत्र कसरी प्रदूषणरहित हुनसक्छ र? एकातिर प्राकृतिक धक्का र प्रकोप, अर्कोतिर राजनीतिक  बेइमानी। एकातिर नेतृत्वको अभाव, अर्कोतिर सोझा जनताको अपूर्व सहनशक्तिको चमत्कार। यस्तो मुलुकमा कहिले जण्डो व्यक्ति तैयार हेाला र यी सबै विकृतिमाथि प्रहार गर्ला? आधारभूत क्षेत्रमा सुधार नभएसम्म देश सुधि्रनेवाला छैन? लौन सोचौं।