Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

निर्वाचनको सन्दर्भमा छलफल गर्दै आयोग

०७ सोमबार , पौष २०८२३ महिना अगाडि

निर्वाचनको सन्दर्भमा छलफल गर्दै आयोग

निर्वाचन आयोगले आगमी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा छलफल गर्न लागेको छ । आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्न लागेकाे हाे ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने छलफलमा आगामी चुनावको विषयमा छलफल हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् । उक्त छलफलमा चुनावको तयारीबारे हालसम्म भएकाे प्रगति विवरण जानकारी गराउने पनि प्रवक्ता भट्टराईकाे भनाइ रहेकाे छ ।

आजकाे छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरु पनि सहभागी हुने जनाइएको छ ।