Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

मधेश प्रदेशमा सभामुखका लागि निर्वाचन हुँदै

०६ आइतबार , पौष २०८२२ महिना अगाडि

मधेश प्रदेशमा सभामुखका लागि निर्वाचन हुँदै

आज मधेश प्रदेश सभामा सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । गत मंसिर ३ गते यसअघिका सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयनका लागि आज निर्वाचन हुन लागेकाे हाे ।  

यसअघि सातदलीय गठबन्धनले तत्कालिन सभामुख मण्डललाई पद अनुकुलको आचरण नगरेको भन्दै हटाएकाे थियाे । अहिले मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको र त्यसका लागि आज निर्वाचन हुन लागेकाे हाे ।

आज हुने निर्वाचनका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् । 

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेकाे बताइएकाे छ ।