Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सरकारको ढोकामै जेनजीको बिजोग

०१ मंगलबार , पौष २०८२५ महिना अगाडि

सरकारको ढोकामै जेनजीको बिजोग

जेनजी आन्दोलनमा मारिने ७८ जनाका परिवारजन बेहालमा छन् । आन्दोलनमा घाइतेहरू उपचार नपाएर जेनजी नामधारी सरकारको मूलढोका अर्थात् सिंहदरवारको ढोकामै धर्ना बस्न बाध्य पारिएका छन् ।
खास जेनजीहरूले प्रधानमन्त्री, मन्त्रीहरूलाई भेट पाउन छाडेका छन् । केही घाइते जेनजीहरूले अर्थमन्त्रीलाई भेट गरेर आफ्ना दुःखेसो पोख्न खोज्दा मन्त्री रामेश्वर खनालले भेट दिएनन् । भेट पाउनुपर्छ भनेर घाइते, अङ्गभङ्ग भएका जेनजी युवाहरूले सिंहदरवारको ढोकामा धर्ना दिन बाध्य पारिएका छन् । घाइतेहरूले सिंहदरवार प्रवेश पास समेत नपाएको विषयमा जेनजी सरकार प्रमुख सुशीला कार्कीले समेत घाइते जेनजीहरूको विषयमा चासो राखिनन् ।
जेनजी भनेका माग्न आउने हुन्, माग्नेलाई भेटेर के हुन्छ भन्ने मनस्थिति जेनजीका काँधमा चढेर सत्तामा पुगेकाको मनस्थिति रहेको देखिन्छ । जेनजीले ज्यान दिए, रगत दिए, अंग दिए, लाठी खाए, यातना भोगे, जो बाँचेका छन्, तिनको जीवन झन पीडादायी बनेको छ, जो मरे तिनका परिवारजन छटपटीमा छन्, तिनका कुरासम्म सुन्न नचाहने प्रधानमन्त्री सुशीला कार्की र उनका मन्त्रीहरू प्रभावशाली बनेका जेनजीहरू सँग मात्र भेट गरिरहेका छन्, तिनका कुरा सुनिरहेका छन् । भनिन्छ, यस्ता प्रभावशाली जेनजीहरू आइएनजीओको प्रभावमा छन् र आफूलाई प्रभावशाली बनाउन, देखाउन मन्त्री प्रधानमन्त्रीहरू तिनलाई भेटिरहेका छन् ।
आइतवार सिंहदरवारको गेटमा धर्ना दिने घाइते जेनजीहरूले आक्रोसित भएर प्रेससँग भनेका छन्– घाइते जेनजीहरूको उपचार र तिनको जीवनयापनमा सरकारले ध्यान दिनुपर्छ भनेका छन् भने रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आइपी बाँडफाड प्रक्रियालाई तत्काल रोक्नुपर्ने, निष्पक्ष छानबिन आयोग गठन गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नु पर्ने, बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग समेत अघि सारेका छन् ।
सिंहदरवारको ढोकामा जेनजीले यसरी पसारो पर्ने दिन पनि आउने रहेछ भन्दै गत भदौ २३ र २४ को जेनजीको आन्दोलन, बिद्रोह, ज्वालामुखी सरह फुटेको आगजनी देख्नेहरू भन्छन्– सत्ताको सोचमा कुनै परिवर्तन आएन । कोही सुध्रिएनन् । मर्ने मरेर गए, बाँच्नेहरूले अझै कति पीडा भोग्नुपर्ने हो ?