Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आतंक फैलाल्यो है उग्रवादले

२६ बिहिबार , मंसिर २०८२४ महिना अगाडि

आतंक फैलाल्यो है उग्रवादले

गृहमन्त्री ओमप्रकाश जेलबाट भागेका कैदीर प्रहरीसँग लुटिएका हतियार आगो लागेको भ्रम छरिरहेकोर सर्वदलीय बैठक गरेर सबैले चुनावी वातावरण बनाएर चुनाव सहजीकरण गर्न आग्रह गरिरहेका बेलामा उग्रवादले टाउको उठाएर तर्साएको छ । यो त सुरूआत भन्दै ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामधारी उग्रवादीको टाउकोले फलाकेको छ– अख्तियारप्रमुख प्रेमराईसहितका १० जनालाई मारिनेछ । यो उग्रवादी चुनौतीको इमेल, भिडियोसमेत प्राप्त गरेपछि अख्तयारले प्रहरीलाई अनुसन्धान गर्न पठाएको छ । प्रहरीले अनुसन्धान थाल्दै मार्ने धम्की पाएका १० जनाको सुरक्षाको लागि विशेष योजना कार्यान्वयनमा ल्याएको छ । ती १० जनाको सूचीमा अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्रीरमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति पत्नी आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, अभियन्ता दुर्गा प्रसाई समेतको नामहरू उल्लेख छ ।
यो आतंककारीको समूहका नाइके फिलिपिन्समा रहेका प्रकाश पाठक हुन्, भिडियो रेकर्ड गर्दा देखिएका ३ जनालाई प्रहरी पक्राउ गरिसकेको छ । पक्राउ पर्नेले आफूहरू पाठकको बडीगार्ड भएको बयान दिएका छन् । यता राजधानीमा पाठक भारत भागेको चर्चा गरिरहेका छन् ।
यसैवीच नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेपछि यो धम्कीयुक्त इमेल, भिडियो आएकाले प्रदीप अधिकारीको पनि यो आतंककारी समूहसँग सम्पर्क रहेको आशंकामा समेत अनुसन्धान सुरू भएको थाहा भएको छ । अनुसन्धानमा प्रदीप अधिकारीले यो समूहलाई उक्साएको आशंका गहिरिदै गएको बताइन्छ ।
भनिन्छ, अधिकारीको संलग्नता प्रमाणित भयो भने राजनीतिक नेताहरू र केही व्यापारीहरू पनि जोडिने र लहरो तान्दा पहरो गर्जने बताइन्छ । खासगरी आइल निगमको जग्गा, पोखरा र भैरहवा एयरपोर्ट निर्माण र नलिन्चोक हेलिपैड निर्माण गर्दा अरवौं घोटालाका फाइलहरू अख्तियारमा छन्, ती फाइलहरू धमाधम खोलिने क्रममा भएको बताइन्छ । अधिकारीका केही सहयोगी पनि पक्राउ परेका छन्, विशेष अदालतमा मुद्दा, प्रहरी र अख्तियारको अनुसन्धान अगाडि बढेको छ । भ्रष्टाचारको ठूलै काण्ड घटाउने अधिकारीले समाचार लेख्ने केही पत्रकारलाई मार्ने धम्की समेत दिएका थिए । त्यतिबेला आईएफजेले नेपाल सरकार र मानवाधिकार आयोगलाई सतर्क पारेको थियो ।
अधिकारी एमाले पार्टीसँग जोडिएका व्यक्ति भएकाले एमाले सत्तामा हुन्जेल उनको ठूलै रजगज थियो, जेनजी आन्दोलनपछि उनको दुर्दिन सुरू भएको विश्लेषण हुनथालेको छ । यसैवी प्रम सुशीला कार्कीले चुनाव गराउने जिम्मेवारी निर्वाह गर्दा भ्रष्टाचारको छानबिन पनि सँगसँगै अघि बढ्ने बताएकी छिन् । आतंकारीले धम्की दिएको दश दिन भएको छ । हत्या श्रृङ्खला चलायो भने...। प्रहरीमाथि आम भरोसा भने कायम छ ।